© 2026
बुटवल । नेकपा एमाले छाडेको घोषणा गरेका विघटित प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेलाई एमाले उपाध्यक्ष विष्णु पौडेलले भेटेका छन् ।
घिमिरेसहित एमाले जिल्ला तहका नेताहरूसँगको फोटो शेयर गर्दै पौडेलले ‘हामी सँगै छौं’ लेखेका छन्। उनीहरूसँगै रूपन्देहीका एमाले नेता कार्यकर्ताहरू उपस्थित छन्।
घिमिरे एमालेमै फर्किएका हुन् या हैनन् भन्ने विषयमा बुझ्न घिमिरेसँग सम्पर्क गर्दा उनको फोन स्वीच अफ छ।