Butwal Today

तराईमा धेरै दिनपछि घाम लाग्यो, जनजीवन सामान्यतर्फ

१७ पुष २०८२, बिहीबार
अ+
अ-

बुटवल। तराइमा धेरै दिनपछि घाम लागेको छ। पश्चिमी वायुको प्रभावका कारण धेरै दिनपछि तराईमा घाम लागेको मौसमविद विनोद पोखरेलले बताए।

उनका अनुसार अहिले भित्रिएको पश्चिमी वायु कमजोर प्रकृतिको छ।  तराईका अधिकांश क्षेत्रमा शीतलहरले हिजो बुधबारसम्म जनजीवन प्रभावित भएको थियो। जसका कारण रुपन्देही, कपिलवस्तु, नवलपरासी र दाङका विद्यालयहरुले विद्यालय बन्द गरेका थिए। शीतलहरका कारण प्रभावित जनजीवन घाम लागेपछि सामान्यतर्फ फर्किएको छ।

‘कमजोर भए पनि पश्चिमी वायुले तराईमा लागेको हुस्सु हटाएर धेरै दिनपछि तराईवासीलाई घाम देख्न दियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

पश्चिमी वायुकै कारण बिहीबार हिमाली र पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको उनले बताएका छन्।

‘पहाडी भेगमा आज राति र भोलिसम्म हल्का वर्षाको सम्भावना भए पनि तराईमा भने खासै वर्षा हुने देखिँदैन,’ उनले भनेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?