© 2026
आजदेखि अङ्ग्रेजी नयाँ वर्ष २०२६ सुरु भएको छ ।
२०२५ को बिदाइसँगै अङ्ग्रेजी नयाँ वर्षको आगमनले विश्वभर खुसी र रौनक सुरु भएको छ । नयाँ वर्षकै अवसरमा नेपालमा पनि खुसी साटासाट गर्ने र एक अर्कोलाई शुभकामना दिने क्रम सुरु भएको छ ।
त्यसो त नेपालमा मुख्यतः विक्रम सम्बतलाई नयाँ वर्षको रूपमा मनाउने गरिए पनि अङ्ग्रेजी नयाँ वर्षलाई पनि पछिल्लो समय उत्तिकै महत्त्व दिएर मनाउने गरिएको छ । खास गरी अङ्ग्रेजी नयाँ वर्षसँगै बितेको वर्षको समीक्षा पनि भइरहेको छ ।
भनिन्छ– नयाँ वर्षले नयाँ अवसर लिएर आउँछ । पुरानो वर्षबाट पाठ सिक्दै नयाँ वर्षको चुनौतीलाई आत्मसाथ गर्ने अवसर पनि सँगै आउँछ । त्यसैले नयाँ वर्षले अनेकौँ सम्भावना, खुसी र चुनौती सँगै लिएर आएको छ । नेपालमा यही बेला जेनजी आन्दोलनको राप र तापमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेको छ ।
आशा छ– यो निर्वाचनमार्फत मुलुकमा राजनैतिक स्थायित्व कायम गर्ने र देश सुशासनको मार्गमा अघि बढ्नेछ । त्यसैपनि पुरानो बर्ष २०२५ नेपालका लागि ऐतिहासिक र महत्त्वपूर्ण बर्षका रूपमा नेपालको इतिहासमा दर्ज हुनेछ ।
किनभने जेनजी आन्दोलनले ल्याएको उथलपुथल सायदै कसैले कल्पना गरेका थिए । पुरानो वर्षले नेपालको इतिहासमा गरेको कायापलट नेपाली जनताले सम्झिरहने वर्षको रूपमा अंकित हुनेछ । जेनजी आन्दोलनका क्रममा नेपाली सपुतहरूको बलिदान भएको छ ।
त्यो नेपालको इतिहासमा अत्यन्त दुःखद घटनाका रूपमा रहनेछ । जेनजी आन्दोलनको क्रममा जेनजी सहिदहरूले देखाएको मार्गमा अघि बढ्ने प्रयास र प्रयन्त भएको अवस्थामा मात्रै मुलुकमा परिवर्तनको सार्थकता हुनेछ ।
त्यसका अतिरिक्त पुरानो वर्षले राजनैतिक अस्थीरता, आर्थिक उतारचढावले समग्र नेपाललाई प्रभावित ग¥यो । जेहोस सन. २०२५ लाई विदा गरेका छौं । आशा गरौं नयाँ वर्षले नयाँ सम्भावना, नयाँ जीवन र नयाँ अवसर लिएर आउने छ । पुरानो वर्षको विदाई हुँदैगर्दा नयाँ वर्षले नयाँ नयाँ संभावनाको ढोका खोल्न सकोस् ।
नश्चितरूपमा नयाँ साल आउँदा हरेकको मनमा नयाँ खुसी आउँछ । पुरानो वर्षको नराम्रो कुरालाई बिर्सेर नयाँ वर्षलाई अझै उत्साह र उमंगको बर्ष बनाउने प्रण हामी सवैले गर्दछौं । त्यही भएर भन्ने गरिन्छ– नयाँ वर्षले नयाँ सम्भावना र नयाँ उमंग लिएर आएको हुन्छ ।
त्यसले नेपाली जनतामा आशा बढाएको छ । नयाँ बर्ष सन. २०२६ समग्र नेपाल र नेपालीहरूका लागि सुखद रहनेछ भन्ने विश्वास आम नेपालीको छ । जेनजी आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने जेनजी शहिदको परिवारमा परेको बज्रपातले आम नेपालीको मन भक्कानिएको छ ।
सरकारले उक्त घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न र आगामी दिनमा त्यस्ता प्रकृतिका घटना हुन नदिन सचेत गराओस् । पुरानो बर्ष २०२५ को त्यो दिनको पुनराबृत्ति अव कहिल्यै नहोस् ।
जेहोस सन. २०२५ नेपाली जनताले सम्झिरहने वर्षको रूपमा भन्दा पनि नेपालीलाई पीडा दिने बर्षका रूपमा नेपालको इतिहासमा लेखिने छ । त्यसका अतिरिक्त पुरानो वर्षमा राजनीतिक अस्थीरता, आर्थिक उतारचढाव र संकट आदिका कारण असमञ्जसता देखिएको थियो ।
जेहोस सन. २०२५ लाई औपचारिक रूपमै विदा गरिएको छ । पुरानो बर्ष विश्व मानचित्रमा पनि रूस र युक्रेन युद्धले सारा संसारको ध्यान तानेको थियो । यसकैकारण अमेरिका र रुसबीच तनाव बढिरहेको छ ।
नेपाललाई समेत प्रत्यक्ष अप्रत्यक्षरूपमा प्रभावित गरेको यो युद्ध नयाँ वर्षको शुभारम्भसंगै अन्त्य होस् । नयाँ बर्ष सन. २०२६ समग्र नेपाल र नेपालीहरूका लागि सुखद रहोस् । फेरीपनि नयाँ बर्ष शान्ति र सम्मृद्धिको बर्ष हुन सकोस् । शुभकामना ।