© 2026
बुटवल, १७ पुस ।
किया नेपालले बुटवलको कालिका नगरमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
कन्टिनेन्टल ट्रेडिङ इन्टरपाइजेज प्रालिले नवीनतम सवारी साधनको प्रदर्शनी, व्यावसायिक विक्री परामर्श तथा यस क्षेत्रका ग्राहकलाई सहज सेवा उपलब्ध गराउने गरी अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसर पारेर बिहीबार शोरुम सञ्चालनमा ल्याएको हो ।
सो अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य सङ्घका महासचिव मुक्ति अधिकारीले मध्यम वर्ग चढ्न सक्ने गाडीहरू पनि बजारमा भित्राउन किया नेपाललाई आग्रह गरे ।
अधिकारीले बुटवल सबै क्षेत्रका हबको रूपमा विकास भएको भन्दै अटो क्षेत्रको लागि नारायणी पश्चिम बुटवल केन्द्र बनेको बताए । कन्टिनेन्टल ट्रेडिङ इन्टरपाइजेज प्रालिका डाइरेक्टर रेखा घिमिरेले आफूहरू कियासँगको सहकार्य ३० वर्षदेखि रहेको बताउँदै ग्राहकलाई सबै प्रकारका सेवा गुणस्तरीय र सुलभ दरमा दिने बताइन् ।
कार्यक्रममा टङ्कप्रसाद भट्टले किया विश्वभर परिचित अटो मोबाइल ब्रान्ड रहेको बताए । कियाले देशभर आफ्नो शाखा विस्तार गर्दै २०२६ भित्र इभि, पेट्रोल लगायक ३ नयाँ मोडलका गाडी भित्राउने बताए ।
कार्यक्रममा अनिश लामिछानेले कियाका सवारी साधनप्रति बढ्दो माग पूरा गर्न बुटवल शोरुमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । जसले नवप्रवर्तन, गुणस्तर र ग्राहक सन्तुष्टप्रति किया ब्रान्डको दृष्टिकोणलाई समर्थन गर्ने छ ।
