Butwal Today

कैलालीको जानकी गाउँपालिकाले सुचारु ग-यो करदाता सेवा

१७ पुष २०८२, बिहीबार
अ+
अ-

बर्दिया, १७ पुस ।

कैलालीको जानकी गाउँपालिकाले करदाता सेवा स्थानीय तहबाट सुचारु गरेको छ । पालिकाले आजबाट पालिकामा २ जना कर्मचारी खटाएर सेवा सुचारु गरेको हो ।

नेपाल सरकारको करदाता सेवा स्थानीय तहबाट दिने निर्णय अनुसार आन्तरिक राजश्व कार्यालय र  जानकी गाउँपालिका बिच सम्झौता भई स्थानीय तहबाट करदाता सेवा सुरु भएको जानकी गाउँपालिकाका अध्यक्ष गणेश थारुले बताए ।

पालिकाका करदाताहरूले राजस्व कार्यालयमा राजश्वको सेवा लिँदा समय लाग्ने र समस्या भोग्नु परेको थियो तर हरेक पालिकामा अब करदाता सेवा सुचारु भएपछि सजिलै पालिकाबाट सेवा लिन सक्ने अध्यक्ष थारुले बताए ।

पालिकाबाट अब करदाता सेवा चुस्त दुरुस्तमा सेवा दिने अध्यक्षले असावाशन समेत दिए ।  पालिकाले स्थानीय तहबाटै करदाता सेवा सञ्चालन गरेपछि व्यापारी लगायत सबैले सजिलै सेवा लिन सक्ने जानकीका स्थानीय राम कमार थारुले बताए ।

उनले भने, हामीले पहिला हप्तौँ सम्म लगाएर कर बुझाउने गरेको थियौँ  तर अव सहज रूपमै कर बुझाउने र करदाता दर्ता गर्न सक्ने थारुले बताए ।

हाम्रो पालिकाले सरकारको निर्णय अनुसार एकदमै छिटो सेवा सुचारु गरेको जानकारी गाउँपालिकाका स्थानीय गोकुल आचार्यले बताए । उनले भने, हाम्रो पालिका देशमै पहिलो होला स्थानीय करदाता सेवा सुचारु गर्नेमा, हामीले अव सजिलै करदाता सेवा प्रप्त गर्न सक्ने उनले बताए ।

नेपाल सरकारले स्थानीय तहबाट करदाता सेवा सुचारु गर्न निर्णय बमोजिम पहिलो चरणमै करदाता सेवा कार्यालय कैलालीबाट जानकी गाउँपालिकाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?