© 2026
दाङ,१६ पुस ।
अत्यधिक चिसो र शीतलहरूका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर दाङका पाँच पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
जिल्ला घोराही उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
चिसो बढेका कारण विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गरी तीन दिन बिदा दिने निर्णय गरेका हुन ।
घोराही उपमहानगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत ऋषिराम केसी, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, र राप्ती गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत विश्वास विक, लमही नगरपालिका शिक्षा शाखा प्रमुख केशब लम्सालले सूचना जारी गर्दै चिसो बढेकाले बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।
दाङमा विगत तीन दिन देखि अत्यधिक चिसो बढेसंगै सित लहर चलेको छ।