© 2026
काठमाडौँ ।
सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौताविरुद्ध दायर रिट हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतमा दायर उक्त रिटको सुनुवाइ हुन नसकेको हो ।
गत पुस ३ गते अधिवक्ता प्रेमराज सिलवाल र अधिवक्ता सुदीप भण्डारीसहितले दुई वटा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुने भनिएको थियो । तर, विभिन्न कारणले उक्त रिट हेर्न नसकिने भएको हो ।