© 2026
बुटवल। नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको सम्मान गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन, विकास र रोजगारी सिर्जना गर्ने उद्देश्यसहित बुटवल सडक खाना महोत्सव–२०८२ सुरु भएको छ।
‘सडकमै खाउँ सडकमै नाचौँ सडकमै रमाउ’ भन्ने नाराका साथ होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको आयोजनामा बुटवलमा सडक खाना महोत्सव शुरु भएको हो।
महोत्सवमा ५५ वटा विभिन्न प्रकृतिका स्टलहरुमा थारुका दुईवटा, नेपाली परिकारका सातवटा, मगर परिकारका चारवटा र क्लब तथा समूहका चारवटा स्टल रहेका छन्।
महोत्सव बेलुका ६ बजेदेखि राती ११ बजेसम्म सडक खाना महोत्सव कालिकापथ बसपार्कदेखि तिनकुनेसम्मको क्षेत्रमा सञ्चालन हुने उनले बताए।
हेरौं महोत्सवका तस्वीरहरु । तस्वीरहरु: सीपी खनाल/बुटवल टुडे















