© 2026
काठमाडौँ, १६ पुस ।
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने विषयमा हाल कुनै निर्णय नभएको जानकारी दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै हाल जरिवानासम्बन्धी कुनै निर्णय नभएको बताएका हुन् ।
विभिन्न सञ्चारमाध्यममा उम्मेदवारहरूको नाम उल्लेख गर्दै खर्च विवरण नबुझाएको र उम्मेदवार हुन नपाउने दाबी गरिएको समाचार सार्वजनिक भएपछि आयोगले ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन लगत्तै खर्च विवरण पेस गरिसकेका उम्मेदवारहरूले विभिन्न पत्रहरू सार्वजनिक गरिरहेका छन् ।
