© २०२३
बुटवल । बुटवलमा जारी बुटवल सडक खाना महोत्सवअन्तर्गत बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा, नेपाल नियमित रक्तदाता संघ तथा लायन्स क्लब अफ बुटवल डाइनामिक टुरिजमको सहकार्यमा महोत्सव स्थलमै रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
महोत्सवको सचिवालय परिसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष माधव कुमार खनाल, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा तथा कोषाध्यक्ष अर्जुन पोखरेलले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए ।