© 2026
बुटवल । नेपाल प्रहरीले रुपन्देही कञ्चनका इसान शर्माको मृत्युबारे अपवाह फैलिएको भन्दै घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रेस विज्ञप्तिमार्फत घटना र घटनापछिको विवरणका आधारमा अनुसन्धान गर्दा हत्या भएको कुनै आधार नदेखिएको जनाएको छ।
प्रहरीले भनेको छ-‘ लु २ ख ४९४८ नं. को फोर्स कम्पनीको गाडीले ठक्कर दिई भागी सोही दिन जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं. २ मैनाबगरमा लगी लुकाई छिपाई राखेको र मर्मत गरी पुन: सञ्चालन गरेको अवस्थामा प्रहरी परिचालन गरी बाग्लुङ, पाल्पा हुदै बुटवल आउने क्रममा जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं ३ गोलपार्क स्थितबाट सवारी चालक र अन्य थप २ जनालाई निजको घर वतनबाट मिति २०८२।०९।०७ गते नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट थप अनुसन्धान कार्य भईरहेको ।’
प्रहरीले नालीमा बेहोस अवस्थामा रहेका इसानलाई आफन्तहरुको समेत उपस्थितिमा नालीबाट निकालेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएको र चिकित्सकले मृत्यु भएको जानकारी गराएको विवरण विज्ञप्तिमार्फत जानकारी गराएको छ।
प्रहरीले इसानलाई ठक्कर दिइ फरार लु २ ख ४९४८ नं. को गाडी चालक बाग्लुङ बरेङ गाउँपालिका छिसा घर भई हाल जिल्ला रुपन्देही कञ्चन गाउँपालिका वडा नं ४ थकालीचोक बस्ने सन्तोष क्षेत्री, सवारी भगाउन सहयोग गर्ने रुपन्देही सैनामैना नगरपालिका वडा नं. ५ बस्ने दिपेन्द्र भण्डारी क्षेत्री र सोही ठाउँका सन्देश क्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले विज्ञप्तिमार्फत घटनाको सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन गर्न आग्रह गर्दै भनेको छ-‘केही अनलाईन मिडियाहरु, युट्युब र विभिन्न सामाजिक सञ्जालमार्फत उक्त घटनाका सम्बन्धमा अनुसन्धान तथा कारवाही भईरहेको बिषयमा सत्य, तथ्य र बास्तविकता नबुझी अनुसन्धान समेतलाई प्रभाव पार्ने गरी यस कार्यालयबाट भएको निष्पक्ष एंव पारदर्शी अनुसन्धानका तथ्यहरुलाई फरक तरिकाले आम जनमानसमा विभिन्न माध्यमबाट गलत सूचना प्रशारण एंव संम्प्रेषण गरिएका विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको छ।’
यो पनि