Butwal Today

सोलर लिफ्टले बलीथुमका घरघरमा पानी 

१५ पुष २०८२, मंगलवार
अ+
अ-

गुल्मी, १५ पुस । 

गुल्मीमा पछिल्लो समयमा सोलर लिफ्ट प्रविधिप्रति उपभोक्ताहरूको आकर्षण बढ्दै जान थालेको छ ।

सोलर लिफ्ट खानेपानी परियोजनाबाट गुल्मी दरबार गाउँपालिकाको बलीथुममा घरघरमा खानेपानी पुगेको छ । गुल्मी दरबार गाउँपालिका–१ बलिथुममा रहखोला देबिस्थान सोलर लिफ्टिङ् परियोजना मार्फत ३२७ घरधुरीमा खानेपानी पु¥याइएको हो ।

वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आइरहेका त्यस क्षेत्रका नागरिकहरूलाई लुम्बिनी प्रदेशबाट १५ लाख रुपैयाँ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बाट ५५ लाख ३३ हजार रुपैयाँ, ग्रामीण प्रविधि केन्द्र बाट २९ लाख ६१ हजार रुपैयाँ उपलब्ध गराइएको थियो ।

त्यसै गरी गुल्मी दरबार गाउँपालिकाबाट २२ लाख रुपैयाँ, वाइन टु वाटर नेपालबाट ५५ लाख ६२ हजार रुपैयाँ र स्थानीय उपभोक्ताहरूको श्रमदान २४ लाख रुपैयाँ सहित कुल एक करोड ९७ लाख ५७ हजार लागतमा उक्त खानेपानी परियोजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए ।

ग्रामीण प्रविधि केन्द्रको समन्वय तथा प्राविधिक सहयोगमा जल–ऊर्जा र खाद्य प्रणालीमा नवीकरणीय ऊर्जा प्रविधिमार्फत जलवायु परिवर्तन उत्थानशीलता र जीविकोपार्जनका लागि सहयोग परियोजना मार्फत बलिथुमका अधिकांश घरधुरीमा खानेपानी पु¥याइएको छ ।

ठुलो लागतका लागि स्थानीय सरकारले मात्रै गर्न नसक्ने काममा दातृ निकायको सहयोगबाट उक्त परियोजना सम्पन्न गरेर अब घरघरमा खानेपानी सुविधा पुगेको हो ।

खानेपानी परियोजनाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले खानेपानीको समस्या भएको ठाउँमा सोला ऊर्जाबाट लिफ्ट परियोजना सञ्चालनमा आएपछि खानेपानीको समस्या सधैँका लागि समाधान भएको बताए ।

खानेपानी सँगै अन्य पूर्वाधार विकासका लागि पनि आफूले पहल गर्ने मन्त्री कार्कीको भनाई छ । सोलर लिफ्ट प्रविधि मार्फत घरघरमा खानेपानी पुगेपछि लामो समयको प्रतीक्षापछि खानेपानीको समस्या समाधान हुनुका साथै स्थानीयहरू पनि निकै खुसी बनेको वडा सदस्य ठगेन्द्र फुङ्जेलीले जानकारी दिएका छन् ।