Butwal Today

बाँसगढीमा च्याउ दिवस तथा पोषण प्रदर्शनी मेला

१५ पुष २०८२, मंगलवार
अ+
अ-

बर्दिया, १५ पुस ।

बर्दियाको बाँसगढी नगरपालिकामा एक दिने च्याउ दिवस तथा पोषण प्रदर्शनी एक दिने मेला सम्पन्न भएको छ ।

बाँसगढी नगरपालिकाको आयोजना र च्याउ उत्पादन समितिको समन्वयमा च्याउ किसानको जागरूकता, व्यावसायिक उत्पादनमा आत्मनिर्भरता भन्ने मूल नाराका साथ एक दिने मेला सम्पन्न भएको हो ।

पालिका भित्र उत्पादन भएका कृषि उपज च्याउ तथा साथै कुपोषणको अन्त्य गर्दै पालिकाभित्र पोषण युक्त खाना घर घरमा उत्पादन हुनेमा मुख्य प्राथमिकताका साथ पालिका लागि परेको बाँसगढी नगरपालिकाका मेयर खडका बहादुर खड्काले बताए ।

पालिकाले नयाँ नयाँ योजनाका साथ कृषिमा आत्मनिर्भर हुनाका लागि नगरपालिकाले विभिन्न सङ्घ संस्थाहरू समन्वय गरेर कृषिमा फड्को मारेको छ । उनले भने नगरपालिकाले लिवर्ड संस्था सँग समन्वय गरेर कृषि सहकारी संस्था र कृषक समूहलाई सहयोग गर्दै आइरहेको छ ।

बाँसगढी नगरपालिकाका किसानहरूले उत्पादन गरेका च्याउ यो नगरपालिकामा मात्र नभएर बर्दिया जिल्लाका सबै पालिका र छिमेकी जिल्ला बाँके र कैलालीमा समेत निर्यात हुँदै आएको बताए ।

लिवर्ड संस्थाले च्या उत्पादन किसानहरूलाई बिउ लगायत प्राविधिकको समेत सुविधा दिँदै आएको संस्थाका कार्यक्रम संयोजक सुजन श्रेष्ठले बताए । उनले भने, हामीले सहयोग गरेका च्याउ उत्पादक किसानहरूले आफ्नो आम्दानीको स्रोत च्याउलाई नै बनाई सकेको छन् ।

पहिला घर खर्चको लागि च्याउ उत्पादन गर्ने किसानहरूले अहिले आफ्नो व्यापार र मुख्य आयस्रोत नै च्याउलाई बनाएका छन् । हामीले उत्पादन मात्र नभएर किसानहरूले उत्पादन गरेको कृषि उपज लगायत च्याउलाई बजारी करण गर्ने गरेको संयोजक श्रेष्ठले बताए ।

मैले पहिला च्याउ घर खर्चको लागि मात्र उत्पादन गर्ने गरेको थिए । तर नगरपालिका र लिवर्ड संस्थाले आर्थिक प्राविधिक सहयोग गरेपछि च्याउ नै मुख्य आम्दानीको स्रोत बनेको बाँसगढी नगरपालिका वडा नं। ३ सुन्दर बस्ती राजवंशी च्याउ फर्मका सञ्चालक सोनु प्रसाद थारुले बताए ।

उनले भने पहिला उत्पादन गर्दा बजारीकरणमा समस्या थियो तर अहिले नगरपालिका र लिवर्डले समन्वय गरेपछि सजिलो भएको बताए ।  बाँसगढी नगरपालिकाले आफै जैविक मल उत्पादन गर्ने नीति तयार गरेको छ । खानामा रासायनिक मलको प्रयोग कम गर्न र पोषण युक्त खाना उत्पादन गर्नका लागि नगरपालिकाले यो नीति ल्याइन थालेको छ ।

मेलामा पालिका भित्र रहेका सहकारी संस्था र कृषक समूहले आ आफ्नो पोषण युक्त खाना समेत प्रदर्शनी गरेका थिए । मेलामा करिक २० बढी सहकारी कृषक समूहले आफ्नो खाना तथा कृषि उत्पादन प्रदर्शन गरेका थिए । भने मेला अवलोकनका लागि करिब हजार बढी कृषकहरूको सहभागिता रहेको थियो ।