ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

रुद्रपुरका इशानको हत्या भएको परिवारको दाबी, छानबीन गर्न माग

१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

बुटवल-रूपन्देहीको कञ्चन गाउँपालिका रुद्रपुरका १७ वर्षीय इशान शर्मा पौडेलको मृत्यु शंकास्पद भन्दै परिवारले सत्यतथ्य घटना बाहिर ल्याउन माग गरेका छन्। इशानको मृत्यु नभइ हत्या भएको परिवारको दाबी छ।

इशानकी आमा रमा शर्माले आफ्नो बुढेशकालको सहाराको लठ्ठी भाचिएको भन्दै न्याय दिन माग गरिन्। ‘न्याय नपाएकी आमा हुँ म । मेरो कोख रित्तियो । मेरो बुढेसकालको सहारा मेरो लठ्ठी भाँचियो । यहाँ भएका लाखौ इशान मर्न भएन’-उनले भनिन् ।  उनले सत्यतथ्य सार्वजनिक गर्न माग गरिन्।

कञ्चन गाउँपालिका-३ धौलागिरीका इशानको दुर्घटनाबाट मृत्यु नभई हत्या भएको इशानका ठुलो बुवा पुष्पराज शर्माले दाबी गरे।

‘घटनाको वस्तुगत अवस्था, शवको प्रकृति, घटना स्थलमा भएको अवस्थाले इशानको मृत्यु गाडी दुर्घटनामा भएको होईन, त्यो हत्या नै हो । यसको छानविन चुस्त होस’- उनले भने ।

पुस २ गते विद्यालयमा तेकान्दो सिकाएर घर आएका उनी साँझ साढे ५ बजे साथीसँग जिम जाने भन्दै घरबाट थकालीचोकतिर गएका थिए । त्यसपछि साँझ करिव साढे ७ बजे इशान रुद्रपुरकै सुनगाभा चोकबाट साथीसँग बिदा भएर हातमा जुत्ता लिएर घरतर्फ हिँडेको सिसिटीभिमा देखिएको छ।

सोही दिन घर नआएका इसानका परिवारले साथीकोमा बसेको अनुमानमा खोजविन गरेनन्। अर्को दिन भने विद्यालयमा इशान नगएपछि परिवारले ईशानको खोजी सुरु गरेको थियो। इशानको शव पुस ३ गते बिहीबार घर नजिकैको नालीमा चोटपटक लागेको अवस्थामा भेटिएको थियो।

इशानका ठुलो बुवा पुष्पराज शर्माले पनि अर्को दिन मात्र ईलाका प्रहरी कार्यालय रुद्रपुरमा ‘बालक हराएको’ सूचना दिन पुगेको बेला मात्र इशानको शव भेटिएको खवर पाएको बताए।

‘देव्रे खुट्टा भाचिएको छ । बाहिर रगतका थोपा केही छैन, दुर्घटनास्थलमा ब्रेक लागेको संकेत छैन । धुलो माडिएको छैन । हिलो घसारिएको छैन । एक्कासी टिपेर लगेर राखिएको जस्तो छ । टाउकोमा गम्भिर चोट र आँखामा चोट छ । दुर्घटनामा यस्तो हुँदैन । आँखाको नानीमा लक्षित गरेर प्रहार गरिएको छ’ उनले भने।

प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए। उनको शव घरभन्दा डेढ सय मिटर टाढा नालीमा भेटिएको थियो । उनको टाउकोको पछाडि भागमा चोट थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सुरज कार्कीले ईशानको दुर्घटनामा मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको भन्दै आफुहरु अझै अनुसन्धानमै रहेको बताए। ईशानको कुनै व्यक्तिबाट हत्या भएको नभई लु २ ख ४९४८ नम्बरको फोर्स गाडीले ठक्कर दिई मृत्यु भएको प्रारम्भिक प्रतिवेदन प्रहरीले सार्वजनिक गरेको थियो।

फोर्स चालकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?