© २०२३
बुटवल-अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा बुटवलमा सडक खाना महोत्सव हुने भएको छ।
‘सडकमै खाउँ सडकमै नाचौँ सडकमै रमाउ’ भन्ने नाराका साथ होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको आयोजनामा बुटवलमा सडक खाना महोत्सव हुन लागेको हो।
उनका अनुसार महोत्सवमा होटल तथा रेस्टुरेन्टहरुले विभिन्न परिकारहरु पस्किनेछन् भने विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहनेछ।
२०७५ सालदेखि खाना महोत्सव गर्दै आएको संघले महोत्सवका लागि विभिन्न ३५ वटा विषयगत उपसमिति गठन गरेको छ।
महोत्सवमा ५५ वटा विभिन्न प्रकृतिका स्थल रहने र ती स्टलहरुमा थारुका दुईवटा, नेपाली परिकारका सातवटा, मगर परिकारका चारवटा र क्लब तथा समूहका चारवटा स्टल रहनेछन् ।
महोत्सव आज बेलुका ६ बजेदेखि राती ११ बजेसम्म कालिकापथमा सञ्चालन हुनेछ।