लमही ,१४ पुस ।
देउखुरी सहित तराईमा चिसो बढेसँगै यहाँको जनजीवन प्रभावित भएको छ ।
अत्यधिक जाडो बढेपछि अजम्मरी सामुदायिक बनको सहयोगमा नेपाल सेना ज्वाला दल गण अर्जुन खोला, नेपाल प्रहरी र सशस्त्र प्रहरीले लमही बजार चोक चोकमा मुढा बालेर शरीर न्यानो बनाउने प्रयास गरिरहेको छ ।
विशेष गरी बजारका पसले, व्यापारी तथा दैनिक मजदुरी गर्ने वर्गलाई चिसोले बढी सताएको छ । लामो समयदेखि घामको मुख देख्न नपाएपछि उनीहरू कामसँगै आगोको सहारा लिन बाध्य छन् । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले आगो ताप्न ठाउँ ठाउँमा मुढा राखिदिएको छ ।
नेपाली सेना ज्वाला दल गण अर्जुन खोलाका प्रमुख दीपक बुढाथोकीको कमान्डमा चिसो प्रभावित स्थानीय तथा यात्रुलाई दाउरा वितरण गरि आगो बालेर बसेका छन्।