ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बुटवल  मण्डपमा सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धानबारे अन्तरसंवाद

फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउन आग्रह
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

बुटवल-नेपाल पत्रकार महासंघ रूपन्देहीको आयोजनामा ‘सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धान अन्तरसंवाद’ कार्यक्रम भएको छ।

रुपन्देही उद्योग संघले बुटवल मण्डपमा पुस ३ देखि १७ गतेसम्म आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि र पर्यटन महोत्सवका अवसरमा मंगलबार आयोजना गरेको यो कार्यक्रममा सहभागीहरुले फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउन सुझाव राखेका छन्।

उद्योग संघको व्यवस्थापनमा पत्रकार महासंघले प्रदर्शनीको पहिलो पेभलियनमा फोटो प्रदर्शनी राखेको छ।
मंगलबारको अन्तरसंवादमा सहभागीले फोटो पत्रकारिता, सञ्चार इतिहास, प्रविधि, पर्यटन, उद्योग र संस्थागत सहकार्यका विषयमा केन्द्रित कार्यक्रमले फोटोको ऐतिहासिक, व्यावसायिक र भावनात्मक शक्तिलाई उजागर गरेको र फोटो इतिहास तथा डिजिटल संरक्षणमा जोड दिइएको छ।

कार्यक्रममा सहभागी विभिन्न संस्थाका प्रतिनिधिहरुले संस्थागत योजना र सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन्। यो कार्यक्रमले फोटो पत्रकारिता र सञ्चार सामग्रीलाई डिजिटल, संस्थागत र बहुपक्षीय सहकार्यमार्फत संरक्षण र प्रवर्द्धन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले फोटो र सञ्चार सामग्रीलाई ‘जीवित इतिहास’को रूपमा व्याख्या गर्नुभयो। उहाँले सकारात्मक सन्देश दिने अभियानमा सबै लाग्नुपर्ने बताए। “उद्योग संघले सहकार्यको जग बसालेको छ,” उनले भने, “अब अन्य संस्थाहरूका लागि पनि सहकार्यको बाटो खुलेको छ।”

रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले पत्रकार महासंघसँगको संस्थागत सहकार्यलाई बलियो बनाउन यति ठूलो लगानी गरेर हार्दिकता देखाएको बताए। उनले संस्थागत विकासका लागि सहकार्य अपरिहार्य रहेको बताए।

“फोटो कथा, भावना र स्मृति दिलाउने माध्यम हो,” उनले भने, “यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनुपर्छ । नयाँ पुस्तालाई जोड्न प्रविधिलाई पछ्याउनुपर्छ, उद्योग र अर्थतन्त्रको विकासका लागि रचनात्मक सुझाव आवश्यक छ।”

त्यस्तै रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले फोटो प्रदर्शनीले स्थानीय उत्पादन, पर्यटन र पहिचान प्रवर्द्धनमा सहयोग पुर्‍याउने बताउँदै पत्रकार महासंघले गर्ने यस्ता रचनात्मक कार्यक्रममा सहकार्य गर्ने प्रतिवद्धता जनाए।

बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष वसन्त ढकालले फोटो प्रदर्शनी र अनुसन्धानलाई दीगो बनाउन समीक्षासहितको योजना आवश्यक रहेको बताए। “यस्ता कार्यक्रमलाई संस्थागत रूपमा अघि बढाऔं,” उनले भने।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईंले फोटो र समाचार इतिहासका साक्षी भएको उल्लेख गर्दै फोटोले समय, घटना र समाजलाई जीवन्त बनाउने बताए। “फोटो केवल दृश्य होइन, इतिहास हो,” उनले भने “यसको संरक्षण र अध्ययनले भावी पुस्तालाई तथ्य र अनुभूति दुवै दिन्छ ।”
त्यस्तै महासंघका पूर्वअध्यक्ष डिआर घिमिरेले फोटो पत्रकारितालाई पत्रकारिताको जीवन्त रूपको संज्ञा दिए। उनले प्रविधिले फोटो संकलन, संरक्षण र प्रस्तुतीकरणलाई सहज बनाएको उल्लेख गर्दै भने, “अब कागजमा मात्रै राखेर हुँदैन, डिजिटल माध्यमबाट सबै सामग्री सुरक्षित गर्नुपर्छ । संस्थागत रूपमा डिजिटल अभिलेख बनाउने समय आइसकेको छ ।”

सहभागीले पत्रकारलाई राजनीति मात्र होइन नागरिकका आवाज तथा वातावरणका विषयमा पनि विषय उठान गर्न आग्रह गरेका थिए। कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकारहरु भरत केसी, खिमानन्द भट्टराई, र अध्येता विजय हितानले फोटो पत्रकारिताले राजनीति मात्र होइन, वातावरण संरक्षणजस्ता विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए।

वक्ताहरूले फोटोमार्फत सामाजिक उत्तरदायित्व र सार्वजनिक चासोका विषयलाई सशक्त रूपमा उठाउन सकिने बताउँदै रुपन्देही उद्योग संघले जस्तै अरु संस्थाहरुले पनि यसमा सहकार्य गर्न आग्रह गरेका थिए।

फोटो पर्यटन उद्योगको हिस्सा रहेको मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले बताए। फोटोमा हुने शक्तिको महत्त्व उल्लेख गर्दै फोटो पर्यटन उद्योगको अभिन्न हिस्सा भएको उनको धारणा थियो ।  “फोटो आफैंमा कथा, आकर्षण र प्रवर्द्धन हो,” उनले भने “यो विशाल उद्योगसँग जोडिएको विषय हो, जसलाई व्यवस्थित रूपमा उपयोग गर्न सकिन्छ ।”

कार्यक्रम नेपाल पत्रकार महासंघ रूपन्देहीका सचिव सीपी खनालको सञ्चालन, अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता तथा उपाध्यक्ष विश्वास ढकालको स्वागत मन्तव्यसहित सुरु भएको थियो । पत्रकार महासंघले रुपन्देही उद्योग संघमार्फत यो प्रदर्शनीमा राखिएका फोटाको बिक्री आम्दानी र संस्थागत सहयोगमा प्रदेशस्तरीय फोटो पत्रकारिता पुरस्कार कोषको स्थापना गर्ने योजना रहेको अध्यक्ष पाण्डेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?