Butwal Today

वासुदेव घिमिरेले गरे एमाले परित्यागको घोषणा

१५ पुष २०८२, मंगलवार
अ+
अ-

बुटवल । नेकपा एमालेका नेता तथा निवर्तमान प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले एमाले परित्याग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै घिमिरेले एमाले परित्याग गरेको जनाएका हुन् ।

उनले पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको भन्दै आजको दिन देखि आफु संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको जानकारी गराएका छन्। घिमिरेले अहिले आम जनताको चाहना सुशासन, विकास, समृद्धिका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि रहेको पनि उल्लेख गरेका छन्।

उनले लेखेका छन्:

अहिले आम जनताको चाहना सुशासन, विकास, समृद्धिका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो।
देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो ।
देश प्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र सम्वृद्वी राजनीतिको अनिवार्य शर्त हो ।
पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु ।
आजसम्म यहाँ आईपुग्दा अवसर र जिम्मेवारी दिनुहुने सवै प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने अभियानमा ईमान र निष्ठाका साथ सदैव यहाँहरु सवैसंग संगसंगै रहने छु ।
जय देश !!!
यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?