Butwal Today

तराईमा बाक्लो हुस्सु, बुधबारसम्मै हुस्सु लाग्ने मौसम विभागको पूर्वानुमान

१४ पुष २०८२, सोमबार
अ+
अ-

बुटवल-तराईमा बाक्लो हुस्सु लागेका कारण जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागका अनुसार पुस १४ गते (सोमबार) दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ।

सबै प्रदेशका तराई भू-भागमा मध्यान्नको समयसम्म हुस्सु/कुहिरोको सम्भावना रहेको विभागले जनाएको छ। ‘देशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहने र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ’-मौसम विभागको बुलेटिनमा उल्लेख छ।

राती भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। मौसम विभागका अनुसार सोमबार राती तराई क्षेत्रमा हुस्सु रहने सम्भावना छ।

विभागका अनुसार पुस १५ गते मंगलबार दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

रातीः तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

पुस १६ गते (बुधबार) दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

राती तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?