Butwal Today

रेणु र प्रदीपले छोडे जसपा

१४ पुष २०८२, सोमबार
अ+
अ-

काठमाडौँ, १४ पुस ।

जनता समाजवादी पार्टीकी सह अध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन् ।

उनीहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपालबिचको एकतालाई स्वीकार गर्दै आज जसपा अध्यक्ष उपेन्द्र यादवसँग सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमति पत्रमा उल्लेख भएअनुसार, मिति २०८२ पुस १३ गते रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यसहित जनता समाजवादी पार्टीलाई जनता समाजवादी पार्टी, नेपालसँग एकीकरण गरिएको हो ।