ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

लुकेका अपराध बाहिर ल्याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण: महानिरीक्षक कार्की

१४ पुष २०८२, सोमबार
१४ पुष २०८२, सोमबार

लुम्बिनी । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले लुकेका अपराधलाई बाहिर ल्याउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

सोमबार लुम्बिनी प्रेस क्लबद्वारा लुम्बिनीमा आयोजित तेस्रो लुम्बिनी न्युज फेस्टिवलको समापन समारोह तथा क्लबको ११ औं स्थापना दिवसको कार्यक्रममा बोल्दै महानिरीक्षक कार्कीले प्रहरी र सञ्चारकर्मीबीचको सम्बन्धलाई नङ र मासुको रूपमा चित्रित गरे।

समाजलाई भयरहित वातावरण बनाई नागरिकलाई सहज जीवनयापन गर्न पाउने अवस्था सिर्जना गर्न सञ्चार क्षेत्रको भूमिका उल्लेख्य रहेको जनाए।
उनले खोज पत्रकारितामार्फत लुकेका कैयौं अपराध बाहिर ल्याउन सञ्चारकर्मीले सहयोग पुर्याइरहेको बताए।

कहिलेकाहीँ घटनास्थलमा प्रहरी भन्दा पहिले सञ्चारकर्मी पुगेर अपराधमा संलग्नलाई पक्राउ गर्ने आधार र प्रमाण पाउँदा अनुसन्धानमा पनि सहयोग पुगेको उनले जनाए।

‘अफवाह, मिथ्या र भ्रामक सूचना चिर्न पत्रकारले तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार समाचार दिएर नागरिकमा चेतनाको स्तर बढाउनुपर्छ’, उनले भने।
लुम्बिनी प्रेस क्लबको ११ औं स्थापना दिवसका अवसरमा आयोजित हेरिटेज वाकको पनि महानिरीक्षक कार्कीले शुभारम्भ गरेका थिए। पर्सा चोकदेखि हेरिटेज वाक गर्दै टोली बेबी बुद्धमा पुगेर समापन गरिएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठ, प्रेस काउन्सिलका सदस्य नकुल अर्याल, क्लबका अध्यक्ष कमल रायमाझी, उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपेन्द्र बडुवाल, क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, सिक्किम प्रेस क्लबका अध्यक्ष भीम राउत, महाराजगंज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठी, प्रेस क्लबका महासचिव प्रकाश न्यौपाने लगायतले बोल्दै सञ्चार क्षेत्रको भूमिका अहम् रहेकाले विश्वसनीयता र तथ्यमा ध्यान दिन आग्रह गरे।

तीन दिने न्युज फेस्टिवलमा नेपाल र भारतका पत्रकार, उद्योगी, पर्यटन व्यवसायी, भिक्षु र लामा गुरु, जनप्रतिनिधि लगायत सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?