© २०२३
बुटवल। बुटवल उपमहानगरपालिकाले जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम बाआमासँग नगरप्रमुख अन्तरगत सोमबार वडा नम्बर ८ र ९ मा सेवा सञ्चालन गरेको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवाका लागि स्वास्थ्य संस्थामा धाउन नपरोस् भन्ने उदेश्यले बा आमासँग नगर प्रमुख स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरिएको जानकारी दिए।
स्वास्थ्य परीक्षण मात्रै नभई बाआमालाई परेका समस्याका बारेमा समेत जानकारी लिइने र त्यसको समाधानको प्रयास गरिने उनले बताए। खत्री नर्सिङ होमका चिकित्सक डा डिभी खत्रीसहितको स्वास्थ्यकर्मीको टीमले जेष्ठ नागरिकको स्वास्थ्य चेकजाच गरेका थिए।

