© 2026
काठमाडौं, १४ पुस ।
नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिएका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे बयान दिन लेखक सिंहदरबारस्थित जाँचबुझ आयोगमा उपस्थित भएका थिए । मध्याह्न करिब १२:३० बजे बयानका लागि पुगेका उनी करिब ३ बजे आयोगको कार्यालयबाट बाहिरिएका हुन् ।
जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए । आयोगले उनलाई पुस १३ गते उपस्थित हुन बोलाएको थियो । तर उनी एक दिन ढिला गरी आज बयानका लागि सिंहदरबार पुगेका हुन् ।
त्यस्तै, लेखकले आजै पत्रकार सम्मेलन गरी जेनजी आन्दोलनसम्बन्धी आफ्नो धारणा सार्वजनिक गर्ने जनाएका छन् ।
जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न सरकारले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।