© 2026
काठमाडौँ ।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
११औं महाधिवेशनपछि एमाले केन्द्रीय कार्यालय, च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।
बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबारे छलफल हुने बताइएको छ ।साथै नेताहरूको कार्यविभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुने जनाइएको छ ।