© २०२३
पाल्पा,१३ पुस ।
स्थानीय निकायमा विकास र निर्माणबाट जनताको आधारभूत आवश्यकता पूर्तिका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त बजेटले रिब्दीकोट सरकारले काठमाडौँको ठुलो होटेलमा कार्यक्रम गरेको छ ।
वर्तमान सरकारले तीन वटा तहका सरकारलाई सुशासन पारदर्शिता,जबाफदेहिता र मितब्यायीता बनाउन गरेको निर्णयलाई रिब्दीकोट सरकारले खिल्ली उडाउँदै काठमाडौँमा महँगो होटेलमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा पूर्वजनप्रतिनिधि, पूर्व प्रमुख प्रशासकीय अधिकृत, पालिका अध्यक्ष, उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेका कार्यक्रम किम्चि फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेन्ट अनामनगरमा आयोजना गरिएको थियो । यस अगाडी बुटवलमा आयोजित कार्यक्रममा सहभागी स्थानीय सरकारका प्रतिनिधिहरूले नै यस्ता कार्यक्रमको आलोचना गरेका थिए ।
जनताको आधारभूत आवश्यकताका लागि न्यूनतम बजेट माग गर्दा बजेटको रिक्तता बताउने अध्यक्षले बुटवल र काठमाडौँका लागि लाखौँ रुपियाँ खर्च गरेकोमा वार्ड अध्यक्षहरूको गुनासो रहेको छ ।
यस अगाडी बुटवलको होटेलमा आयोजित कार्यक्रममा रिब्दीकोट घर भई बुटवलमा बसेर काम गर्दै आएका आफ्नो अनुकूलका मानिसलाई खबर गरिएको र अन्यलाई बेवास्ता गरिएको रुपन्देहीमा लामो समयदेखि पत्रकारिता गर्दै आएका कवीन्द्र नेपालले बताए ।
जनप्रतिनिधि अनुकूलका सहभागीहरूले गाउँपालिकाको विकास प्रति राखेको जिज्ञासामा जनप्रतिनिधिले केन्द्र र प्रदेशको बजेट आफूहरूले कार्यान्वयन गर्न नसकिएको गैह्र जिम्मेवार जवाफ दिएको केही सहभागीले बताए ।
कार्यक्रममा स्थानीय सरकार प्रति समर्थन भन्दा आलोचना खेपेको वार्ड अध्यक्षहरू बत्ताउँछन् । नयाँ योजनाको सम्झौता पुरानो योजनाको भुक्तानी गर्नुपर्ने समयमा प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा गाउँपालिकामा आएका सेवाग्राही रित्तो हात फर्किनु गरेको स्थानीयहरूको गुनासो छ ।
