Butwal Today

प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपालबिच एकताको तयारी

१३ पुष २०८२, आइतबार
अ+
अ-

काठमाडौँ, १३ पुस  ।

 डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकता तयारी भइरहेको छ ।

दुवै पार्टीका वार्ता टोलीबीच पटक–पटक छलफल भएपछी आइतबार साँझ ६ बजे शीर्ष नेतासहितको छलफल हुने उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम तामाङले जानकारी दिए ।

यसअघि कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एकताको तयारीमा थियो । तर, अन्ततः रास्वपामा विलय नगर्ने निर्णय गरिएको थियो ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद् सदस्य सुदन किराँतीले पनि पटक–पटक छलफल भएको र आज पनि छलफल हुने जानकारी दिए ।

उनले भने, “हामी निरन्तर संवादमै छौँ । हाम्रो गन्तव्य पार्टी एकतासम्मको हो ।”