© २०२३
पाल्पा, १३ पुस ।
यात्रुहरुको सुविधालाई मध्य नजर गर्दै पाल्पा–काठमाडौं सुविधा सम्पन्न बस सञ्चालन भएको छ । पश्चिम नेपाल बस ब्यवसायी प्रालिले आइतबारबाट २ बाई १ सोफा सिटर एसी बस संचालनमा ल्याएको हो ।
शुभारम्भ कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले सुविधा सम्पन्न बसले पाल्पाको पर्यटनमा थप टेवा पुर्याउने बिश्वास ब्यक्त गरे । उनले यात्रुले सुविधा पाउँदा यात्रा सफल बन्ने बिश्वास ब्यक्त गर्नुभयो ।
ठूलो लगानीमा पाल्पाका यातायात ब्यवसायीले काम गरेकोमा प्रशंसा ब्यक्त गरे । बस गाडीमा पाल्पा काठमाडौं भाडादर १ हजार ६ सय कायम गरिएको छ । बस पाल्पाबाट साढे ५ बजे छुट्ने छ । काठमाडौँको गोगंबु बसपार्कबाट साँझ ५ः४५ बजे पाल्पाका लागि छुट्नेछ ।
टिकट काउन्टरबाट तथा अनलाइन माध्यमबाट समेत उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । २÷१ सिट सुविधाले यात्रुहरूलाई लामो यात्रामा थप आराम र सहजता प्रदान गर्ने विश्वास गरिएको छ । सञ्चालक गंगोलले यात्रु सुरक्षालाई उच्च प्राथमिकता दिँदै अनुभवी चालक, सहचालक र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।