© 2026
बुटवल ।
तमु ल्होसार २०८२ को अवसर परेर आयोजित जिल्ला स्तरीय कबड्डी प्रतियोगिता बुटवलमा सुरु भएको छ तिन दिन सम्म चल्ने कबड्डी प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी नगर खेलकुद विकास समिति संयोजक बोनिम पियाले कबड्डी खेल पुरानो खेल रहेको र यसको जर्गेना गर्न जरूरी रहेको बताए ।
पछिल्लो समय बुटवल उपमहानगरपालिकाले कबड्डी खेलको विकास गर्न विभिन्न समयमा बजेट विनियोजन गरेर महिला पुरुष कबड्डी खेल प्रतियोगितालाई प्रोत्साहन गर्दै आएको उनको भनाई ।
तमु ल्होसारको अवसर पारेर आयोजित खुल्ला महिला कबड्डी प्रतियोगितामा ७ बटा टिमको सहभागिता रहेको छ । लिक कम नकआउट आधारमा खेलाइने प्रतियोगितामा प्रथम हुनेले ३५ हजार कप मेडल प्रमाणपत्र पाउने छन् ।
द्वित्तीय २० हजार कप मेडल प्रमाणपत्र पाउने छन् । भने तेस्रो हुने २ टिमले ५ ५ हजार कप मेडल पाउने खेल संयोजक सेरजङ गुरुङ बताए ।