© 2026
काठमाडौँ ।
सुनचाँदीको भाउले आज पनि नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार पनि सुनको भाउ कीर्तिमान कायम गर्दै तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
यसैगरी आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । चाँदीको भाउ आज तोलामा २ सय ७० रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
अस्ति शुक्रबार पनि चाँदीको भाउ कीर्तिमान कायम गर्दै तोलाको ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको थियो ।