Butwal Today

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, कार्यान्वयन माघको पहिलो सातादेखि

१३ पुष २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

 निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ ।

आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार स्वीकृत आचारसंहिता माघको पहिलो साताबाट कार्यान्वयनमा जानेछ । फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ ।

यसअघि आयोगले निर्वाचन आचारसंहिता, २०८२ को मस्यौदा तयार पारेर सरोकारवालासँग राय सुझाव मागेको थियो । प्राप्त सुझावहरूलाई समेत समेटेर आचारसंहिता स्वीकृत गरिएको हो । यस पटकको आचारसंहिताको दायरा पहिलेभन्दा फराकिलो बनाइएको आयोगले दाबी गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, “पहिला आचारसंहिता सचेतनाको मोडलमा हुन्थ्यो, अहिले कारबाहीको मोडलमा छ । कार्यान्वयनको सवालमा पहिले जस्तै ५०–५५ दिनअघि नै लागू हुन्छ ।”

उनले थपे, आचारसंहिता तत्काल लागू गर्दा सरकारका कामकाजमा असर पर्न सक्ने भएकाले त्यसबारे ध्यान राख्दै माघको पहिलो साताबाट लागू गरिने जानकारी दिएका छन् ।