Butwal Today

“झन्डै मरिनँ” भन्दै उपसभामुखले फिर्ता गरिन् सरकारी गाडी

१३ पुष २०८२, आइतबार
अ+
अ-

काठमाडौँ, १३ पुस ।

 उपसभामुख इन्दिरा रानामगरले सरकारी गाडी फिर्ता गरेकी छन् । गएरातिदेखि आफ्नो कार्यकाल पूरा गरेकी रानामगरले संसद् सचिवालयमा दुवै सरकारी गाडी बुझाएकी हुन् ।

उनले आफूले प्रयोग गर्दै आएको दुईवटै गाडीको साँचो फिर्ता गर्दै गाडीको अवस्थाबारे पनि जानकारी दिइन् । गाडी बुझाउँदै उनले भनिन्, “यो बीवाईडीको गाडी हो र अर्को ल्यान्डक्रुजर २२ वर्ष पुरानो गाडी हो ।

बीवाईडी गाडीको स्क्रिन पनि स्पष्ट देखिँदैन । यसले धेरैपटक ठोक्किने अवस्था आयो । झन्डै मेरो ज्यान पनि गएको थियो । आज म यी गाडीहरू बुझाउँदै छु । सौभाग्यवश म बाँच्न सफल भएँ ।”