ट्रेंडिंग:

>> तिलोत्तमा व्यापार संघको १२औँ वार्षिक साधारण सभा >> रवि-बालेनसँग मिल्ने विषयमा कुलमानको जवाफ: विधि होला, सम्मानजनक उपस्थिति हुनुपर्ला >> जिल्ला भेलाको तयारीमा जुट्दै हाटबजार व्यवसायी >> रौतहटको मदिरा उद्योगमा विष्फोट: १ जनाको मृत्यु, ६ जना घाइते >> मधु र कैटभ: हाम्रो मनभित्रको महायुद्ध >> मणिमुकुन्द सेन दरबार: छायामा पर्दै बुटवलको ऐतिहासिक इतिहास >> चराचुरुङ्गीको मुख्य वासस्थान गुल्मी >> प्रचण्ड र गगनको नाम रोल्पाबाट सिफारिस  >> तेल मिलमा भेटिन्छन् जिसस पूर्वउपप्रमुख >> गुल्मीमा  एक सातामा १३१ जनाले राहदानी बनाए >> प्रसारण लाइनको तारमुनिको जग्गा कित्ताकाट गर्न पाइने, सुरक्षा मापदण्ड भने यथावत् >> इराकका नेपालीलाई श्रम स्वीकृति दिने निर्णय, पर्नेछ यस्तो फरक >> माघीले जोड्दै थारु पहिचान >> गुल्मी सेवा समाज कतारद्वारा भाग्यशाली चिट्ठाको नतिजा सार्वजनिक >> रास्वपा बाणगंगा–९ भलवाडको प्रथम अधिवेशनबाट नमराज गुरुङको अध्यक्षतामा नयाँ समिति  >> शंकरनगर सामुदायिक वनको २५ औं साधारण सभा >>  दिवा सेवा केन्द्र: जहाँ भुल्छ ज्येष्ठ नागरिकको मन >> राप्ती स्वास्थ्य विज्ञान  प्रतिष्ठानमा कार्डियोलोजिष्ट सेवा सुरु हुँदै  >> तीन जिल्लाका सुरक्षा प्रमुखहरुको  बैठक रुरुक्षेत्रमा >> अर्घाखाँचीको सितगंगामा विस्फोटक पदार्थ फेला, नेपाली सेनाद्वारा डिस्पोज गर्ने तयारी >> लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा २१८ प्रहरी जवान दीक्षित >> बालेन, रवि र कुलमानको पार्टी एकताको लागि आजै हस्ताक्षर हुने तयारी >> विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेर्नुपर्छ : कांग्रेस नेता तिवारी >> प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा रिहा हुने >> फागुन २१ प्रतिनिधिसभा निर्वाचन : प्रचण्ड कहाँ–कहाँबाट भए उम्मेदवार सिफारिस ? >> परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए पद तथा गोपनीयताको शपथ >> अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना, चालकको  मृत्यु, १६ घाइते >> गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित >> सर्वोच्चले जाँचबुझ आयोगविरुद्धको रिट खारेज गर्‍यो >> प्रचण्डसँग छलफलका लागि मन्त्री खरेल हात्तीबन पुगे >> बालेन–रास्वपा एकतापछि पावर ब्यालेन्सको बारे छलफल >> ओलीको स्थानहदबारे सरकारको जवाफ : चुनावका लागि सबै उल्झन हटाइन्छ >> सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता >> सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ २ लाख ६९ हजार नाघ्यो >> पृथ्वीचन्द्र अस्पतालले पाएन सरकारको पैसा >> किन पाएन तरकारीले राम्रो भाउ ? >> चिसो मौसमको स्वास्थ्य समस्या र जोगिने उपाय >> ज्येष्ठ नागरिकप्रति सम्मानको खाँचो  >> रूपान्तरण हुँदै नटुवाको पुर्ख्यौली पेसा >> सरकारको लगानी: बालुवामा पानी >> विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै >> बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन >> जेनजी अगुवासँग बालेनको भेट : सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने तयारी >> नगरपालिकाले श्रमिक डेक्स बनाउने >> कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन >> औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीडः एकै दिन ६० हजार अवलोकनकर्ता >> सुशासनको खिल्ली उडाउँदै रिब्दीकोट >> केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार >> विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा >> प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा

तिलोत्तमा व्यापार संघको १२औँ वार्षिक साधारण सभा

१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

तिलोत्तमा, १२ पुस ।

तिलोत्तमा व्यापार संघको १२ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभाको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले तिलोत्तमाको आर्थिक विकासमा व्यवसायीहरुको भूमिका निर्णायक रहेको बताए । उनले व्यापार संघले व्यवसायीको हक–हित संरक्षण, व्यावसायिक एकता र समस्या समाधानमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

नगर प्रमुख खाणले व्यवसायिक सुरक्षाको वातावरण निर्माण गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको स्पष्ट गर्दै चोरी, आगलागी, कर तथा प्रशासनिक झन्झटजस्ता समस्याको समाधानमा नगरपालिका गम्भीर रहेको बताए । उनले तिलोत्तमा व्यापार संघको आफ्नै भवन निर्माणका लागि नगरपालिका आवश्यक जग्गा व्यवस्थापनको प्रक्रियामा लागेको जानकारी गराउँदै, संघलाई दीर्घकालीन रूपमा सशक्त बनाउनेतर्फ स्थानीय सरकार सकारात्मक रहेको धारणा व्यक्त गरे । “व्यवसायी सुरक्षित भए मात्र नगरको आर्थिक चक्र बलियो हुन्छ,” उनले भने

कार्यक्रममा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले व्यवसायीहरू स्थानीय विकासका साझेदार भएको बताइन् । उनले साना तथा मझौला व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्न नगरपालिकाले नीतिगत तथा व्यवहारिक सहयोग गर्दै आएको उल्लेख गरिन् । उपप्रमुख चौधरीले महिला, युवा तथा घरेलु उद्योगलाई प्राथमिकतामा राखेर उद्यमशीलता प्रवद्र्धन गर्ने नगरको नीति रहेको बताउँदै व्यापार संघसँग सहकार्यलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाइन् ।

नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले निजी क्षेत्रलाई सहज वातावरण नदिई समृद्धि सम्भव नहुने बताए । उनले कर प्रणाली सरल, पारदर्शी र व्यवसायमैत्री हुनुपर्नेमा जोड दिंदै तिलोत्तमा व्यापार संघको आफ्नै सचिवालय भवनका लागि अहिलेसम्म जग्गाको व्यवस्थापन हुन नसक्नजु बिडम्बना भएको बताए ।

संघका संस्थापक अध्यक्ष एवं चेम्बर अफ कमर्शका प्रदेश उपाध्यक्ष झविन्द्रप्रसाद कंडेलले संघको स्थापनाकालीन उद्देश्य र अहिलेको भूमिकाबारे चर्चा गर्दै व्यवसायी एकतामार्फत मात्र अधिकार सुनिश्चित गर्न सकिने बताए ।

संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सीमा भन्सार व्यवस्थापन सुधार, रिभ्याट प्रणाली लागू, व्यवसायीमैत्री नीति निर्माण तथा व्यवसायीको सुरक्षा सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिए ।

कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, एमाले तिलोत्तमा नगर अध्यक्ष मिनप्रसाद पोखरेल, नेकपा माओवादी तिलोत्तमा नगर अध्यक्ष रजजु रसाइली, तिलोत्तमा उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज पंगेनी, तिलोत्तमा व्यापार संघका प्रेस सल्लाहकार लक्ष्मण पौडेल, वरिष्ठ उपाध्यक्ष बिष्णुबहादुर बराल क्षेत्री, महासचिव चेतनारायण विश्वकर्मा लगायतले स्थानीय सरकार र व्यवसायीबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा पसल चोरीबाट क्षति व्यहोरेका तिलोत्तमा भाँडा पसलका सञ्चालक कृष्ण सुवेदी तथा विद्युत सर्ट भई आगलागीबाट क्षति पुगेको तिलोत्तमा–२ शंकरनगरस्थित गौतम इलेक्ट्रिकका सञ्चालक शालिकराम गौतमलाई राहत रकम प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?