दोहा–कतार, १२ पुस ।
दोहा–कतार कतारमा स्थापित सामाजिक संस्था गुल्मी सेवा समाज कतारले “भाग्यशाली चिट्ठाको नतिजा” सार्वजनिक गरेको छ ।
हिन्दुहरूको दोस्रो महान् चाड शुभ दिपावलीको पावन अवसरमा संस्थाको आकस्मिक कोष तथा सामाजिक गतिविधिहरूलाई सहयोग पुर्याउने उद्देश्यका साथ खोलिने तयारी गरेर आयोजना गरिएको भाग्यशाली चिट्ठा समाजले शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै नजिता प्रकाशन गरेको हो ।
समाजका अध्यक्ष मित्र बिएसको सभापतित्व तथा समाजका प्रमुख संरक्षक बुद्ध पाण्डेयको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । भाग्यशाली चिट्ठाअन्तर्गत प्रथम पुरस्कार चिट्ठा न०९७८ केदारले जितेका छन्,त्यस्तै द्वितीय पुरस्कार चिट्ठा न:०२५७ धनकुटा सेवा समाजले हात पारेको छ । तृतीय पुरस्कार चिट्ठा न:०७३९ सीता चन्द बोहोरा,चौथो पुरस्कार प्रथम र द्वितीय गरी दुई जनालाई परेको थियो । जस मध्य (०४५३) कृयासनलाई र (११०५) कुल बहादुरलाई परेको छ ।
सान्त्वना पुरस्कारमा (०००१, प्रारम्भ पोखरेल, (०८२४ सबिना, (०३५६ रन्जन, (००११-गणेश बस्याल, (००७४-सिर्जना रहेका छन् । कार्यक्रमको हलमा उपस्थित रहेका विजेताहरूलाई पुरस्कार हल मै प्रदान गरिएको थियो । बाकी रहेका अन्य विजेताहरूलाई सम्पर्क गरेर पुरस्कार दिइने कार्यक्रम संयोजक सुरज चन्द बोहोराले बताए ।
नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेयले विजेताहरूलाई बधाई दिँदै चिट्ठामा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे । समाजका वरिष्ठ उपाध्यक्ष सुरज चन्द बोहोराले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई समापन गर्दै सभापति बिएसले गुल्मेलीहरूको माया र मिठो उपहार सम्झेर पुरस्कार ग्रहण गर्न आग्रह गर्दै समाजले आगामी दिनमा पनि सामाजिक,तथा सहयोगमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।समाजका सचिव कुमार राहादी मगरको सहजीकरण रहेको कार्यक्रममा कतारमा रहेका गुल्मेली तथा अन्य नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो।