ट्रेंडिंग:

>> अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना, चालकको  मृत्यु, १६ घाइते >> गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित >> सर्वोच्चले जाँचबुझ आयोगविरुद्धको रिट खारेज गर्‍यो >> प्रचण्डसँग छलफलका लागि मन्त्री खरेल हात्तीबन पुगे >> बालेन–रास्वपा एकतापछि पावर ब्यालेन्सको बारे छलफल >> ओलीको स्थानहदबारे सरकारको जवाफ : चुनावका लागि सबै उल्झन हटाइन्छ >> सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता >> सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ २ लाख ६९ हजार नाघ्यो >> पृथ्वीचन्द्र अस्पतालले पाएन सरकारको पैसा >> किन पाएन तरकारीले राम्रो भाउ ? >> चिसो मौसमको स्वास्थ्य समस्या र जोगिने उपाय >> ज्येष्ठ नागरिकप्रति सम्मानको खाँचो  >> रूपान्तरण हुँदै नटुवाको पुर्ख्यौली पेसा >> सरकारको लगानी: बालुवामा पानी >> विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै >> बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन >> जेनजी अगुवासँग बालेनको भेट : सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने तयारी >> नगरपालिकाले श्रमिक डेक्स बनाउने >> कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन >> औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीडः एकै दिन ६० हजार अवलोकनकर्ता >> सुशासनको खिल्ली उडाउँदै रिब्दीकोट >> केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार >> विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा >> प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा >> मेयर बालेनले रक्षाको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे >> १७ वर्षमा ४७ लाखभन्दा बढीले अवलोकन गरे नारायणहिटी सङ्ग्रहालय >> त्रिवि ५१ औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित >> रवि लामिछाने र बालेन शाहबिच फेरि भेटवार्ता हुने >> रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ- समयले बताउला >> स्वास्थ्य कार्यालयको स्पष्टिकरण : मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन >> बालेनसँगको भेटपश्चात् रवि लामिछानेको प्रतिप्रश्न : मेरो अनुहारले के भन्छ ? >> भारतको कर्नाटकमा बस दुर्घटना, कम्तीमा ११ जनाको मृत्यु >> रवि–बालेनको छलफलमा अमरेश कुमार सिंह पनि सहभागी >> प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनको तयारी : प्रधानमन्त्री >> सरकारले वातावरण बनाए निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली >> भित्र रवि र बालेन छलफलमा, बाहिर सुदन गुरुङले गेटमा लगाए ताला >> लगातार ३ दिन उच्च कीर्तिमान बनाएको सुनको भाउमा आज सामान्य गिरावट >> २० वर्षीया महिला बुटवलबाट सम्पर्कबिहीन, खोजीका लागि परिवारको अपिल >> कालीगण्डकीका नागरिकलाई उद्यमी बनाउन च्याउ खेती तालिम >> विप्लवको आग्रह- सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ >> सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति >> अस्पताल र स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट हस्तान्तरण     >> शितलहरबाट बच्न सावधानी अपनाऔँ  >> खच्चरमा पानी बोकाएर टङ्की निर्माण >> भैरव मन्दिरमा आर्थिक अनियमितताको गन्ध  >> निजी विद्यालय सामुदायिकमा समायोजन >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने >> आज क्रिसमस डे, देशैभर सार्वजनिक बिदा >> ओलीका तीन सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने >> रेडियो मुक्तिको १६ औं बार्षिक साधारण सभा सम्पन्न

किन पाएन तरकारीले राम्रो भाउ ?

११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

सल्यान, ११ पुस ।

जिल्लाको कपुरकोट गाउँपालिका, ३ मुलपानीका कृषक ठग बहादुर बस्नेतले यस वर्ष करिब १९ रोपनी जग्गामा बेमौसमी ताजा तरकारी लगाए । उनले टमाटर मात्रै चार हजार बोट लगाएका थिए ।

तर विगतका वर्षहरूमा जस्तो उत्पादित तरकारीले उचित मूल्य पाउन नसकेपछि उनी केही निराश हुनुपर्याे । विशेष गरी यसपाली टमाटर र बन्दा खेती गरेका किसानहरूले न्यून मूल्य पाएको बताएका छन् ।

“असारको दोस्रो सातासम्म टमाटरको मूल्य ठिकै गए पनि त्यसपछि मूल्य एक्कासि घट्दै गयो”, कृषक ठग बहादुरले भने । भारतको हिमाचल प्रदेशमा सात वर्ष बसेका उनले दुई वर्षको अनुभवपछि स्वदेश फर्किएर तरकारी खेती सुरु गरेका थिए । वार्षिक आम्दानी करिब सात लाख रुपियाँ भए पनि यो वर्ष घाटा खेप्नु परेको उनले बताए ।

बन्दा गोभीको खेती गरेका किसानहरू झन् बढी मारमा परेका छन् । कपुरकोट, ५ सिन्दुरिखोलाका किसान ज्ञान्द्र पुनले करिब दुई सय क्विन्टल बन्दा उत्पादन गरे पनि बजार नपाएर सबै खेतमै कुहिएको गुनासो गरे ।

मुलपानीका डम्बर बुढाथोकीले पनि १७ रोपनी जग्गा भाडामा लिएर गरेको बन्दा खेतीबाट करिब ४० क्विन्टल बन्दा बिक्री हुन नसकी खेर गएको बताए । “पुसमा रोपेको बन्दा असारसम्म जसोतसो टिकायौँ, तर बजार नै नहुँदा बेच्नै पाइएन । पाँच रुपैयाँ किलोमा पनि नबिकेपछि खेतमै कुहियो,” उनले भने ।

यस वर्ष टमाटरको मूल्य घट्नुको मुख्य कारण अत्यधिक उत्पादन भएको कृषि उपज बजार केन्द्रका निवर्तमान अध्यक्ष टङ्क नेपाली बत्ताउँछन् । “धेरै किसानले एउटै बाली, विशेष गरी टमाटर मात्रै लगाउँदा बजारमा आपूर्ति अत्यधिक भयो,” उनले भने ।

बुटवलका तरकारी व्यापारी श्रवणकुमार बानियाका अनुसार सल्यानमा उत्पादन बढ्नुका साथै हाइब्रिड जातका नयाँ टमाटर एकै पटक बजारमा आउँदा मूल्य झन् घटेको हो ।

गत वर्ष टमाटरको मूल्य किलोको १५० रुपैयाँ पुगेको थियो भने यस वर्ष २२ देखि बढीमा ५५ रुपैयाँ मात्र पुगेको कृषि उपज बजार केन्द्रले जनाएको छ । कपुरकोटको बजारमा किसानहरूले यस वर्षको हालसम्म बन्दा गोभी किलोको १० देखि ५२, काउली २२ देखि ११०, सिमी २२ देखि १५०, भेडे खुर्सानी ६८ देखि १३० रुपियाँमा बिक्री गरेका छन् ।

गत वर्ष भने बन्दा प्रतिकिलो ९० रुपियाँसम्म, काउली १५० सम्म र सिमी १५० सम्म बिक्री भएको कृषि उपज बजार केन्द्रका बजार व्यवस्थापक चन्द्रमणी खड्काले जानकारी दिए ।

बेमौसमी तरकारी खेतिको यस वर्षको सिजनको ६ महिनामा कपुरकोटबाट ३० करोड बढीको ताजा तरकारी एवं फलफूल निकासी भएको छ । गत जेठको अन्तिम हप्तादेखि मङ्सिर सम्म ३० करोड ५१ लाख २२ हजार ७२५ रुपैयाँको तरकारी, फलफूल बिक्री भएको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ ।

यस अवधिमा ७८ लाख ५९ हजार ९३६ किलो ताजा तरकारी र फलफूल निकासी भएको हो । किसानहरूले मङ्सिरसम्म ५० लाख ८५ हजार ४८१ किलो टमाटर बिक्रीबाट १९ करोड ३९ लाख नौ हजार ४१७ रुपैयाँ हात पारेको बजार केन्द्रका अध्यक्ष तिलक शर्माले जानकारी दिए ।

यसै गरी १५ लाख सात हजार ६८६ किलो बन्दा बिक्रीबाट तीन करोड १६ लाख ६१ हजार ४२१ रुपैयाँ, सात लाख ४६ हजार ३८७ किलो काउली बिक्रीबाट तीन करोड ५० लाख ८० हजार २३१ रुपैयाँ कपुरकोटमा भित्रिएको उनको भनाइ छ ।

यस्तै किसानहरूले एक करोड ९५ लाख ८२ हजार २०७ रुपैयाँ बराबरको दुई लाख ६४ हजार ६२४ किलो सिमी, ८८ लाख ९८ हजार ६०६ रुपैयाँ बराबरको एक लाख २० हजार ५१२ किलो भेडे खुर्सानी, एक लाख १७ हजार ७३५ रुपैयाँ बराबरको नौ हजार ८०० किलो नासपती र ३० लाख ९४ हजार ६८५ रुपैयाँ बराबरको ५३ हजार ४९५ किलो अदुवा बिक्री गरेको अध्यक्ष शर्माले जानकारी दिए ।

कपुरकोट क्षेत्रमा हाल आएर करिब तीन हजार घरधुरीका किसानले व्यवसायीक रूपमा खेती गर्दै आएका छन् । गत असार २७ गतेदेखि यहाँ तरकारी हाटबजार सुरु भएको थियो । कपुरकोट क्षेत्रमा २०४७ सालदेखि बेमौसमी ताजा तरकारी खेती हुँदै आएको छ ।

देशकै ठूला तरकारी बजारहरू मध्ये पर्ने कपुरकोट तरकारी हाटबजारमा ताजा तरकारी र फलफूल खरिदका लागि विभिन्न सहर बजारबाट व्यापारीहरू आउने गर्दछन् । गत वर्ष २०८१, असार देखि कार्तिकसम्म कपुरकोटमा मात्रै ५० करोड बढीको बेमौसमी ताजा तरकारीको कारोबार भएको थियो ।

नेपालगञ्ज, बुटवल, धनगडी, घोराहि, तुलसिपुर लगाएत विभिन्न ठाउँबाट व्यापारीहरू आएर तरकारी खरिद गरि लैजाने गरेको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ । कपुरकोटमा हाल स्थानीय र बाहिरी गरी करिब ५० जना व्यापारीहरूले कपुरकोटबाट तरकारी खरिद गरेर लैजाने गरेका छन् ।

सल्यानका किसानहरूले विशेष गरि गोलभेडा, बन्दागोभी, फूलगोभी, घ्यूसिमी, बोडी, खुर्सानी, आलु, काँक्रो, स्कूस, मूला, गाजर, हरियो साग, भान्टा, हरियो केराउ आदि वेमौषमी ताजा तरकारी उत्पादन गर्ने गर्दछन् ।

फलफूलहरूमा सुन्तला, आरु, नास्पति, आरु बखडा, अनार, आँप, केरा आदि र मसलादार तरकारीहरूमा अदुवा, हरियो धनिया, प्याज, लसुन, खुर्सानी, टिमुर आदि उत्पादन गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?