ट्रेंडिंग:

>> अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना, चालकको  मृत्यु, १६ घाइते >> गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित >> सर्वोच्चले जाँचबुझ आयोगविरुद्धको रिट खारेज गर्‍यो >> प्रचण्डसँग छलफलका लागि मन्त्री खरेल हात्तीबन पुगे >> बालेन–रास्वपा एकतापछि पावर ब्यालेन्सको बारे छलफल >> ओलीको स्थानहदबारे सरकारको जवाफ : चुनावका लागि सबै उल्झन हटाइन्छ >> सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता >> सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ २ लाख ६९ हजार नाघ्यो >> पृथ्वीचन्द्र अस्पतालले पाएन सरकारको पैसा >> किन पाएन तरकारीले राम्रो भाउ ? >> चिसो मौसमको स्वास्थ्य समस्या र जोगिने उपाय >> ज्येष्ठ नागरिकप्रति सम्मानको खाँचो  >> रूपान्तरण हुँदै नटुवाको पुर्ख्यौली पेसा >> सरकारको लगानी: बालुवामा पानी >> विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै >> बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन >> जेनजी अगुवासँग बालेनको भेट : सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने तयारी >> नगरपालिकाले श्रमिक डेक्स बनाउने >> कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन >> औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीडः एकै दिन ६० हजार अवलोकनकर्ता >> सुशासनको खिल्ली उडाउँदै रिब्दीकोट >> केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार >> विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा >> प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा >> मेयर बालेनले रक्षाको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे >> १७ वर्षमा ४७ लाखभन्दा बढीले अवलोकन गरे नारायणहिटी सङ्ग्रहालय >> त्रिवि ५१ औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित >> रवि लामिछाने र बालेन शाहबिच फेरि भेटवार्ता हुने >> रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ- समयले बताउला >> स्वास्थ्य कार्यालयको स्पष्टिकरण : मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन >> बालेनसँगको भेटपश्चात् रवि लामिछानेको प्रतिप्रश्न : मेरो अनुहारले के भन्छ ? >> भारतको कर्नाटकमा बस दुर्घटना, कम्तीमा ११ जनाको मृत्यु >> रवि–बालेनको छलफलमा अमरेश कुमार सिंह पनि सहभागी >> प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनको तयारी : प्रधानमन्त्री >> सरकारले वातावरण बनाए निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली >> भित्र रवि र बालेन छलफलमा, बाहिर सुदन गुरुङले गेटमा लगाए ताला >> लगातार ३ दिन उच्च कीर्तिमान बनाएको सुनको भाउमा आज सामान्य गिरावट >> २० वर्षीया महिला बुटवलबाट सम्पर्कबिहीन, खोजीका लागि परिवारको अपिल >> कालीगण्डकीका नागरिकलाई उद्यमी बनाउन च्याउ खेती तालिम >> विप्लवको आग्रह- सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ >> सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति >> अस्पताल र स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट हस्तान्तरण     >> शितलहरबाट बच्न सावधानी अपनाऔँ  >> खच्चरमा पानी बोकाएर टङ्की निर्माण >> भैरव मन्दिरमा आर्थिक अनियमितताको गन्ध  >> निजी विद्यालय सामुदायिकमा समायोजन >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने >> आज क्रिसमस डे, देशैभर सार्वजनिक बिदा >> ओलीका तीन सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने >> रेडियो मुक्तिको १६ औं बार्षिक साधारण सभा सम्पन्न

रूपान्तरण हुँदै नटुवाको पुर्ख्यौली पेसा

११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

कपिलवस्तु, ११ पुस । 

कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ मनखोरियाका नियतराम नटुवाले आफ्नो पुस्तौँको पेसा बद्लेका छन् ।

सर्प समात्ने, सर्प नचाउने, मह काढेर बेच्ने र भिक्षा मागेर परिवार चलाउने जातीको पुर्खौली पेसा उनको पुस्ताबाट बदलिने चरणमा पुगेको छ । उनी आफू मात्रै होइन, आफ्नो समुदायका अन्य नटुवाको दैनिकी र पेसा बदल्नका लागि परेका छन् ।

बुवाबाट बाजा बजाउने सिप सिकेका उनले अहिले आफ्नो जातीको पेसा बदलेर बेण्ड बाजाको टोली परिचालन गर्दै आएका छन् । अब उनले परिवार चलाउन सर्प समात्नु पर्ने, मह काढ्नु पर्ने र भिक्षा माग्नु पर्ने बाध्यता छैन ।

उनले पेसा मात्रै परिवर्तन गरेका छैनन् कि सन्तानलाई शिक्षित समेत बनाएका छन् । उनले छोरालाई १२ कक्षा पढाएका छन् भने नातिहरू स्तरीय निजी विद्यालयमा पढ्न जान्छन् । नटुवा जातीको उत्थानकै लागि उनले नटुवा विकास केन्द्र गठन गरेर नेतृत्व गर्दै छन् ।

नटुवा जातीकै युवाहरूलाई समेटेर उनले मायादेवी गाउँपालिका १ पकडीमा न्यु रवि बैण्ड बाजा साउन्ड सर्भिस सञ्चालन गरेका छन् । उनी आफू बेण्डबाजाका मास्टर हुने भने घोडाले चलाउने बग्गी र बाजाको सेट सहित उनी लगन र अन्य धार्मिक कार्यमा बाजा बजाउन जाने गरेका छन् ।

लगन र धार्मिक कर्ममा दुई महिना अघि बाटै उनको बेण्ड बाजा बुकिङ्ग हुने गरेको छ । “पहिले आफ्नो पुर्ख्यौली पेसाका कारण आफ्नो जातीका महिला पुरुषहरू भिक्षा माग्न जाँदा, सर्प समात्न जाँदा अपमानित भएको देख्थे ।

त्यो सबै देखेर आफ्ना जातीका युवाहरूको उत्थान र आयआर्जनमा सहयोग पुगोस् भनेर वैकल्पिक पेसा अँगालेका हौँ ।” नियतरामले भने । अब बिस्तारै आफ्नो जातीको शिक्षा र स्वास्थ्यको अवस्था सुधारका लागि आफू प्रयत्नशील रहेको उनले बताए ।

पछिल्लो समय नेटुवाको पेसा रूपान्तरणका लागि विभिन्न सङ्घ संस्थाले सहयोग गर्दै आएका छन् । बिएमजेड र डब्लुएचएचको सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र र फरवार्ड नेपालले सञ्चालन गरेको सुधारिएको खाद्य प्रणाली परियोजना (एनपिएल १०८३–२२) को आयोजनामा मागमा आधारित भई नटुवा समुदायमा विभिन्न सहयोग गरिएको छ ।

परियोजना अन्तर्गत असुरक्षित रूपमा सर्प समात्दै आएका नटुवाहरू विगतमा सर्प दंशको घटनामा परेको देखिएकाले मायादेवी सहित अन्य पालिकाका ३० जना नटुवा समुदायका युवालाई ५ दिने सर्प समात्ने तालिम दिइएको थियो । सो पश्चात् प्रति व्यक्ति १७ हजार मूल्यको सर्प समात्न आवश्यक पर्ने उपकरण र औजारहरू उपलब्ध गराएको जनाइएको छ ।

नटुवाको पेसा रूपान्तरणकै लागी १४ जना नटुवा युवालाई बेण्ड बाजा बजाउन एक महिने तालीम दिएर मागमा आधारित ३ लाख ९७ हजार मूल्यको बेण्डबाजा परियोजनाले सहयोग गरेको हो ।

परियोजनाले गरेको सहयोगका कारण नटुवाहरूको लागि आयआर्जनको बाटो खुलेको नियतरामको बुझाई छ । बेण्ड बाजाको सिप सिके सँगै आफूहरूले आयआर्जनको बाटो फेला पारेको मायादेवी गाउँपालिका २ अभिरावका पण्डित नेटुवाले बताए ।

“यो आयआर्जनको सुनिश्चितताले परिवार चलाउन र छोराछोरीलाई विद्यालय पठाउने वातावरण तयार भएको छ । परियोजनाले दिएको तालिम र बेण्डबाजा सहयोगले हाम्रो बाजा बजाउने सिप विकास हुँदै गएको छ । अब हामीले नयाँ पुस्तालाई नयाँ सिप सिकाउन अग्रसर भएका छौं,” उनले भने ।

नटुवा समुदायको आर्थिक रूपान्तरणका लागि बेण्ड बाजा बजाउने तालिम, बेण्ड बाजा सहयोग र सर्प समात्ने सिप तथा सामग्री उपलब्ध गराईएको परियोजनाका नागरिक समाज परिचालन तथा वकालत अधिकृत अशोक चन्द्र लम्साल बताए ।

“पहिले उहाँहरूको सिप व्यवसाय भनेको मह काढ्ने, भिक्षा माग्ने र सर्प समातेर प्रदर्शन गर्ने थियो । तर अहिले हामीले बेण्ड बाजा बजाउने सिप र सामग्री दिएर आयआर्जनको वातावरण बनाउन सहयोग गरेका छौं, ” लम्सालले भने ।

राष्ट्रिय जनगणना २०७८ मा नटुवा जातीको कुल जनसङ्ख्या २ हजार ८ सय ९६ रहेको छ । २०६८ को जनगणनामा यिनीहरूको सङ्ख्या ३ हजार १ सय ८२ थियो । नेपाल सरकारले कुल जनसङ्ख्याको ०.५ प्रतिशतभन्दा कम भएको जातिलाई अल्पसङ्ख्यक लोपोन्मुख जातिको मान्यता दिँदै २०७४ साल वैशाख ११ गते राजपत्रमा त्यस्ता ९८ जातिको विवरण सूची सार्वजनिक गरेको थियो ।

त्यस बेला नटुवा भन्दा बढी सङ्ख्या भएका पत्थर कट्टा जातीलाई सामाजिक सुरक्षा ऐन २०७५ मा लोपोन्मुख जातिमा सूचीकृत भएका थिए । लोपोन्मुखमा सूचिकृत भएपछि पत्थर कट्टा जातीले सामाजिक सुरक्षा अन्तर्गत भत्ता बापत अहिले प्रतिव्यक्ति मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् । तर नटुवा जातीले लोपोन्मुख जातिले पाउने सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।

२०६८ कै जनगणनामा नटुवाका सङ्ख्या ३ हजार १ सय ८२ हुँदा उनीहरू भन्दा बढी ३ हजार ३ सय ६२ जनसङ्ख्या पत्थर कट्टा जातीको थियो । तर पत्थर कट्टा जाती नटुवा जाती भन्दा पहिल्यै लोपोन्मुखमा सूचिकृत भएका थिए ।

नटुवा भन्दा आर्थिक अवस्था सबल र ठुलो जाती दाबी गर्ने पत्थर कट्टा जाती लोपोन्मुखमा सूचिकृत भए पनि आफूहरूलाई लोपोन्मुखमा सूचिकृत नगरेर विभेद गरिएको नटुवा समुदायको गुनासो रहँदै आएको छ ।

अझै पनि उनीहरूको न त जग्गा जमिनको स्थाई स्वामित्व छ न त स्थायी आय आर्जनको श्रोत । आर्थिक रूपमा अति विपन्न नटुवाहरूको विगत देखिकै सर्प नचाउने, नाचगान, कला प्रदर्शन, सर्कस देखाउने, शिकार गर्ने, मह काढ्ने काम पुर्खौली पेसा हो ।

सोही पुर्खौली पेसाका कारण उनीहरूको जीवन घुमन्ते शैलीमा बित्दा उनीहरू प्रायको स्थायी बसाइँ र रोजगारी सुनिश्चित हुन पाएको थिएन ।
पछिल्लो समय प्रबिधि र आधुनिकताको विकाससँगै उनीहरूले पुर्खौली पेसाको रूपान्तरण खोजेका छन् ।

राष्ट्रिय दलित आयोगद्वारा जारी जातीय अनुसूची र राष्ट्रिय जनगणनाको जातीय तथ्याङ्क विवरणमा केन्द्रीय तथ्याङ्क विभागद्वारा यो जातिलाई नटुवा उल्लेख गरिएको छ । नटुवा जाती हिन्दु र मुस्लिम गरि दुई धर्मका भेटिन्छन् ।

बारा, पर्सा, सर्लाही, सप्तरी र सिराहा तिरका नटुवा जाती इस्लाम धर्म मान्छन भने नारायणी पश्चिमका नटुवा प्रायः हिन्दु धर्म मान्ने छन् । राष्ट्रिय दलित आयोगले तराई/मधेसका दलित समुदाय भित्र पर्ने भनी ‘नटुवा’ लाई दलित जातिमा सूचीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?