ट्रेंडिंग:

>> अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना, चालकको  मृत्यु, १६ घाइते >> गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित >> सर्वोच्चले जाँचबुझ आयोगविरुद्धको रिट खारेज गर्‍यो >> प्रचण्डसँग छलफलका लागि मन्त्री खरेल हात्तीबन पुगे >> बालेन–रास्वपा एकतापछि पावर ब्यालेन्सको बारे छलफल >> ओलीको स्थानहदबारे सरकारको जवाफ : चुनावका लागि सबै उल्झन हटाइन्छ >> सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता >> सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ २ लाख ६९ हजार नाघ्यो >> पृथ्वीचन्द्र अस्पतालले पाएन सरकारको पैसा >> किन पाएन तरकारीले राम्रो भाउ ? >> चिसो मौसमको स्वास्थ्य समस्या र जोगिने उपाय >> ज्येष्ठ नागरिकप्रति सम्मानको खाँचो  >> रूपान्तरण हुँदै नटुवाको पुर्ख्यौली पेसा >> सरकारको लगानी: बालुवामा पानी >> विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै >> बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन >> जेनजी अगुवासँग बालेनको भेट : सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने तयारी >> नगरपालिकाले श्रमिक डेक्स बनाउने >> कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन >> औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीडः एकै दिन ६० हजार अवलोकनकर्ता >> सुशासनको खिल्ली उडाउँदै रिब्दीकोट >> केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार >> विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा >> प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा >> मेयर बालेनले रक्षाको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे >> १७ वर्षमा ४७ लाखभन्दा बढीले अवलोकन गरे नारायणहिटी सङ्ग्रहालय >> त्रिवि ५१ औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित >> रवि लामिछाने र बालेन शाहबिच फेरि भेटवार्ता हुने >> रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ- समयले बताउला >> स्वास्थ्य कार्यालयको स्पष्टिकरण : मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन >> बालेनसँगको भेटपश्चात् रवि लामिछानेको प्रतिप्रश्न : मेरो अनुहारले के भन्छ ? >> भारतको कर्नाटकमा बस दुर्घटना, कम्तीमा ११ जनाको मृत्यु >> रवि–बालेनको छलफलमा अमरेश कुमार सिंह पनि सहभागी >> प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनको तयारी : प्रधानमन्त्री >> सरकारले वातावरण बनाए निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली >> भित्र रवि र बालेन छलफलमा, बाहिर सुदन गुरुङले गेटमा लगाए ताला >> लगातार ३ दिन उच्च कीर्तिमान बनाएको सुनको भाउमा आज सामान्य गिरावट >> २० वर्षीया महिला बुटवलबाट सम्पर्कबिहीन, खोजीका लागि परिवारको अपिल >> कालीगण्डकीका नागरिकलाई उद्यमी बनाउन च्याउ खेती तालिम >> विप्लवको आग्रह- सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ >> सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति >> अस्पताल र स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट हस्तान्तरण     >> शितलहरबाट बच्न सावधानी अपनाऔँ  >> खच्चरमा पानी बोकाएर टङ्की निर्माण >> भैरव मन्दिरमा आर्थिक अनियमितताको गन्ध  >> निजी विद्यालय सामुदायिकमा समायोजन >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने >> आज क्रिसमस डे, देशैभर सार्वजनिक बिदा >> ओलीका तीन सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने >> रेडियो मुक्तिको १६ औं बार्षिक साधारण सभा सम्पन्न

ज्येष्ठ नागरिकप्रति सम्मानको खाँचो 

११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

‘हाम्रो साझा अभियान: ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ नेपालमा आज पाँचौँ ज्येष्ठ नागरिक दिवस मनाईदैछ ।

ज्येष्ठ नागरिकको योगदानको कदर गर्ने, उनीहरूको वास्तविक समस्या पहिचान गरी मैत्री समाज निर्माण गर्ने उद्देश्यले नेपालमा २०७८ पुस ११ गते पहिलो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको थियो ।

अर्थात् नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारी ज्येष्ठ नागरिक दिवस मनाउने परम्परा सुरु भएको हो । यो दिवसको अवसरमा ज्येष्ठ नागरिकहरूको वास्तविक समस्या के हुन् ?

ज्येष्ठ नागरिकहरूको योगदानको कदर कसरी गर्ने ? ज्येष्ठ नागरिकमैत्री समाज कसरी निर्माण गर्ने ? भन्नेबारे छलफल गर्नु आवश्यक छ । घर परिवार, समाज तथा राष्ट्रको ज्येष्ठ नागरिकप्रतिको दायित्व के हुने भन्ने विषयमा समेत अव बहसको खाँचो छ ।

ज्येष्ठ नागरिक हाम्रा समाजका सम्मानका उपल्लो आदर्श हुन । पछिल्लो समय वृद्धहरूले क्रमशः उपेक्षित जीवनयापन गर्नुपर्ने स्थिति देखिँदै छ । नेपाली सामाजिक मूल्य, मान्यता र धार्मिक आस्थामा पनि बद्धहरूलाई आदर, सम्मान र सेवा गर्नुपर्ने तथ्य प्रचलित छन् तर, आर्थिक र सामाजिक अवस्थाका कारण घर परिवारले चाहेर पनि उचित स्याहार, माया र संरक्षण प्रदान गर्न सकेको अवस्था छैन ।

परिवार, समाज र राज्यको सेवामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सिङ्गो जीवन अर्पित गरिसकेका । वृद्धहरूको सेवा, हक, हित र अधिकार संरक्षण गरी सुव्यवस्थित जीवनयापन गर्न सक्षम बनाउन नीति नियम, कार्ययोजना बनाई सफल कार्यान्वयन हुन जरुरी छ ।

ज्येष्ठ नागरिक दिवस मनाउँदै गर्दा भन्नैपर्दछ– ज्येष्ठ नागरिकको अवस्था सन्तोषप्रद छैन । झन् नेपालका गाउँ कुनामा घर रुघ्ने र सहाराविहीन भएर बस्ने ज्येष्ठ नागरिकको संख्या दिनप्रतिदिन थपिँदो छ ।

ज्येष्ठ नागरिकको सेवा, सुविधा र सम्मानमा राज्य र परिवारबाटै पक्षपात भएको छ । उमेर बुढो हुँदै जाँदा विभिन्न शारीरिक र मानसिक परिवर्तन हुँदै जान्छ । शरीरका अङ्गहरू कमजोर र निर्वल हुँदै जाँदा आफू केही गर्न सक्दिन, मलाई आफ्ना परिवारले हेरचाह गर्लान्, नगर्लान् भन्ने जस्ता हीनताबोध र चिन्ता सुरू हुन थाल्छ । यस्तो चिन्तनले मानसिक समस्यामा बदलिन पुग्छ ।

यस्तो अवस्थामा पुग्नु अगावै ज्येष्ठ नागरिकमा परिवार हुनेलाई परिवारको र परिवार नहुनेलाई समाज र राज्यको भरपुर आडभरोसाको खाँचो हुने गरेको छ । पछिल्लो समय ज्येष्ठ नागरिकको पाटोलाई ओझेलमा पारिएको छ ।

वास्तवमा भन्ने हो भने राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ज्येष्ठ नागरिकका समस्या, विभिन्न खाले विभेदबारे सम्वन्धीत ठाउँसम्म पु¥याउनेलगायत समाधानका उपायबारे प्रस्ट हुने महत्वपूर्ण दिन पनि हो । सरकार हामी सबैको अभिभावक हो ।

त्यसैले राज्यले ज्येष्ठ नागरिकका समस्या सुन्नुपर्छ र सम्बोधन गर्नुपर्छ । तिनका वास्तविक समस्या र त्यसको समाधानका उपायको विषयमा छलफल गरी समस्या सम्बोधनमा ढिलाई गर्नुहुँदैन ।

ज्येष्ठ नागरिकको सही व्यवस्थापनका लागि राज्यले दीर्घकालीन योजना बनाउन आवश्यक छ । वृद्ध उमेर संवेदनशील उमेर हो । त्यसैले, सामान्य कुराले पनि ज्येष्ठ नागरिकको मन दुख्न सक्छ ।

यस्तो बेला आफ्ना बा आमा र ज्येष्ठजनप्रति उनका सन्तानले कस्तो व्यवहार गर्ने, सो को जानकारी पनि सन्ततिलाई दिने परामर्श आवश्यक हुन्छ । सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्ने लगायतका सार्वजनिक सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्थासमेतको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु जेष्ठ नागरिकप्रतिको सम्मान हो ।

ज्येष्ठ नागरिकलाई घर, परिवार एवं समाजबाट आदर, सम्मान र संरक्षण सुनिश्चित गर्न सके मात्र यो नारा सार्थक हुनसक्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?