ट्रेंडिंग:

>> अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना, चालकको  मृत्यु, १६ घाइते >> गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित >> सर्वोच्चले जाँचबुझ आयोगविरुद्धको रिट खारेज गर्‍यो >> प्रचण्डसँग छलफलका लागि मन्त्री खरेल हात्तीबन पुगे >> बालेन–रास्वपा एकतापछि पावर ब्यालेन्सको बारे छलफल >> ओलीको स्थानहदबारे सरकारको जवाफ : चुनावका लागि सबै उल्झन हटाइन्छ >> सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता >> सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ २ लाख ६९ हजार नाघ्यो >> पृथ्वीचन्द्र अस्पतालले पाएन सरकारको पैसा >> किन पाएन तरकारीले राम्रो भाउ ? >> चिसो मौसमको स्वास्थ्य समस्या र जोगिने उपाय >> ज्येष्ठ नागरिकप्रति सम्मानको खाँचो  >> रूपान्तरण हुँदै नटुवाको पुर्ख्यौली पेसा >> सरकारको लगानी: बालुवामा पानी >> विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै >> बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन >> जेनजी अगुवासँग बालेनको भेट : सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने तयारी >> नगरपालिकाले श्रमिक डेक्स बनाउने >> कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन >> औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीडः एकै दिन ६० हजार अवलोकनकर्ता >> सुशासनको खिल्ली उडाउँदै रिब्दीकोट >> केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार >> विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा >> प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा >> मेयर बालेनले रक्षाको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे >> १७ वर्षमा ४७ लाखभन्दा बढीले अवलोकन गरे नारायणहिटी सङ्ग्रहालय >> त्रिवि ५१ औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित >> रवि लामिछाने र बालेन शाहबिच फेरि भेटवार्ता हुने >> रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ- समयले बताउला >> स्वास्थ्य कार्यालयको स्पष्टिकरण : मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन >> बालेनसँगको भेटपश्चात् रवि लामिछानेको प्रतिप्रश्न : मेरो अनुहारले के भन्छ ? >> भारतको कर्नाटकमा बस दुर्घटना, कम्तीमा ११ जनाको मृत्यु >> रवि–बालेनको छलफलमा अमरेश कुमार सिंह पनि सहभागी >> प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनको तयारी : प्रधानमन्त्री >> सरकारले वातावरण बनाए निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली >> भित्र रवि र बालेन छलफलमा, बाहिर सुदन गुरुङले गेटमा लगाए ताला >> लगातार ३ दिन उच्च कीर्तिमान बनाएको सुनको भाउमा आज सामान्य गिरावट >> २० वर्षीया महिला बुटवलबाट सम्पर्कबिहीन, खोजीका लागि परिवारको अपिल >> कालीगण्डकीका नागरिकलाई उद्यमी बनाउन च्याउ खेती तालिम >> विप्लवको आग्रह- सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ >> सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति >> अस्पताल र स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट हस्तान्तरण     >> शितलहरबाट बच्न सावधानी अपनाऔँ  >> खच्चरमा पानी बोकाएर टङ्की निर्माण >> भैरव मन्दिरमा आर्थिक अनियमितताको गन्ध  >> निजी विद्यालय सामुदायिकमा समायोजन >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने >> आज क्रिसमस डे, देशैभर सार्वजनिक बिदा >> ओलीका तीन सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने >> रेडियो मुक्तिको १६ औं बार्षिक साधारण सभा सम्पन्न
तानसेनको ल्यान्डफिल्ड साइट

सरकारको लगानी: बालुवामा पानी

करोड लगानीको ल्यान्डफिल्ड साइट सञ्चालन नहुँदा एक दशकदेखि सडक किनाराको सामुदायिक वनमा फोहर बिर्सन गर्दै आएको छ ।
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

पाल्पा, ११ पुस । 

तानसेन नगरबाट निस्किएको फोहरको लागि दीर्घकालीन  समाधानका लागि नेपाल सरकारको लगानीले सार्थक पाउन नसक्दा निर्मित स्थायी संरचना यतिखेर खण्डहरमा परिणत हुने क्रममा रहेको छ ।

आर्थिक वर्ष ०५५/५६ बाट फोहर विसर्जनका लागि स्थायी रूपमा संरचना निर्माण गर्न बनेको योजनाका लागि तत्कालीन नेपाल सरकारले ३ करोड रुपैयाँ खर्चको उपलब्धि शून्य जस्तै भएको तानसेन नगरका कर्मचारी तथा एक स्थानीयले बताए ।

तत्कालीन समयमा एसियाली विकास बैङ्कले ३ वटा विषयमा लगानी गर्ने इच्छा देखायो । पहिलो व्यवस्थित बसपार्क निर्माण फोहर विसर्जन केन्द्र र इको टुरिजम क्षेत्रमा लगानी गर्न देखाएको इच्छा अनुरूप काम पनि अगाडि बढेको नगरका पुराना कर्मचारी बताउँछन् ।

एसिया विकास बैङ्कले विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार भयो तर कार्यान्वयनका सवालमा आनाकानी भयो । अन्ततः तत्कालीन विकास मन्त्रालय अन्तर्गत फोहर मैला प्रशोधन केन्द्रसँग नगर सरकारको आग्रह अनुरूप पुन नाप जाँच भयो । त्यसपछि योजना अगाडि बढेको नगर सरकारका सरसफाइ केन्द्रका रामजी कार्की बताउँछन् ।

स्थानीय विकास मन्त्रालय अन्तर्गत जगेडा कोष बाट २० प्रतिशत स्थानीय सरकारको ८० प्रतिशतमा पहुँच मार्ग निर्माण फोहर उठाउने प्रयोजनका लागि डोजर, ढुवानीका लागि लोडर ट्याक्टर खरिद भयो । स्थानीय संरचना निर्माणका लागि जग्गा प्राप्तिका लागि ३३ रोपनी क्षेत्रफलको जमिन ३० देखि ३५ हजार रुपैयाँका दरले खरिद गरेर निर्माण कार्य अगाडि बढ्यो ।

स्थानीय निकायमा जनप्रतिनिधि विहीन समयमा उद्घाटन भएको २ वर्ष पछि सदाका लागि ताल्चा लगाइएको अहिले सम्म खुल्न नसकेको स्थानीय तथा सामाजिक विकास शाखाका कोसल घिमिरे बताउँछन् ।

तत्कालीन समयमा नगर बासीले फोहर वर्गीकरण बिना पटाउँदा बिर्सन केन्द्रमा फोहरको सङ्केत बढ्दै गएपछि आसपास बासिन्दाको विरोधमा प्रवेशको मुख्यद्वारमा नै कहिल्यै साँचो नखुल्ने गरी साँचो लगाउन परेको स्थानीयहरू बताउँछन् ।

नगरपालिकाले व्यवस्थित रूपमा फोहर व्यवस्थापनका लागि स्थानीयहरूको माग अनुरूप सडक पूर्वाधार निर्माण, सडक बत्ती, व्यवस्थित रूपमा खानेपानी, निःशुल्क स्वास्थ्य परीक्षण सेवा स्थानीयलाई रोजगारको व्यवस्था गरियो ।

एकपछि अर्को गर्दै स्थानीयले माग राख्दा पनि समस्या भयो । प्रदूषण कम गरेर काम गर्न सकिने भए पनि स्थानीयको अवरोध, असहयोगका कारणले पनि फोहर विसर्जन केन्द्र पुनः सञ्चालनमा ल्याउन आफूले नसकेको तानसेन नगरका पूर्व प्रमुख अशोक शाही बताउँछन् ।

यसको सूत्रधार नै आफू भएको र आफू पहिलो पटक निर्वाचित भएपछि कार्यारम्भ गरेको हो । सञ्चालनको समयमा स्थानीय निकायमा जनप्रतिनिधिबिहीन भएको बेलामा कर्मचारी संयत्रका कारण स्थानीयको उल्झन खडा गरेका हुन् ।

सञ्चालनमा ल्याउनु पूर्व नगरवासीलाई कस्तो कस्तो फोहर मात्र उठाउने भन्ने विषयमा सचेतना नदिएका कारण यो समस्या आएको उनले बताए । विगतका समयमा भौगोलिक तथा मौसमी जटिलताका कारण केही समस्या देखियो तर अहिले पनि पुराना विषय उठान भएका कारण वर्गीकृत फोहरलाई विगत एक दशक देखि तानसेन गुल्मी सडक किनारामा सामुदायिक वनमा विसर्जन गर्दै आएको छ ।

स्थानीय, सङ्घीय तथा प्रदेश निर्वाचनमा राजनैतिक दलका चुनावी घोषणा पत्रमा नछुट्ने विषय बनेको छ फोहर मैला बिसर्जन तर खोलो त¥यो लौरो बिस्र्याे भन्ने उखानै कायम भएका कारण अहिले सम्म न त कुनै नयाँ ठाउँ कायमै भयो न त पुरानो सञ्चालनमा आएको स्थानीयहरू बताउँछन् ।

तानसेन नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठ भन्दछन् नयाँ ठाउँको खोजी भएको छ । सेती पोखरीमा निर्मित केन्द्र सञ्चालनका लागि नगर सरकारको एकल प्रयास सम्भव नभएको उनी बताउँछन् ।

तानसेन नगरको वडा नम्बर ५ मा करिब ३३ रोपनी क्षेत्रफलमा फैलिएको फोहर विसर्जन केन्द्र प्रयोगमा आउन नसक्दा बनदेवी क्षेत्रमा विसर्जन गरिएको फोहरका कारण सवारी साधनमा यात्रा गर्ने यात्रु, वन क्षेत्र भन्दा माथिको क्षेत्रमा बसोबास गर्ने मानव बस्तीमा प्रतिकूल प्रभाव परि नै रहेको छ काठमाडौँ उपत्यका पछिको तानसेन फोहरका कारण सुन्दर तानसेन माथि प्रश्न चिन्ह उठेको स्थानीयको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?