Butwal Today

जेनजी अगुवासँग बालेनको भेट : सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने तयारी

११ पुष २०८२, शुक्रबार
अ+
अ-
बुटवल, ११ पुस ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सातै प्रदेशका जेन–जी अभियानका अगुवासँग भेटवार्ता गरेका छन्। बिहीबार  ललितपुरको कुपण्डोलस्थित कुमार बेनको निवासमा आयोजित उक्त भेटमा करिब आधा घण्टा लामो छलफल भएको द काउन्सिल अफ जेन–जी लुम्बिनीका संयोजक आदित्य आचार्यले जानकारी दिए।
भेटवार्तामा मुलुकको वैकल्पिक राजनीतिक शक्तिलाई एउटै मोर्चामा उभ्याउने विषयमा गम्भीर छलफल भएको आचार्यले बताए। “हामीले सबै वैकल्पिक शक्ति एक हुनुपर्छ, यसको विकल्प छैन भन्ने स्पष्ट सन्देश दिएका छौँ,” आचार्यले भने, “अरू वैकल्पिक शक्तिहरू पनि एउटै ठाउँमा आउने सम्भावना बलियो बन्दै गएको छ। रास्वपासँग सहकार्यको सम्भावना धेरै छ भने बालेको देश विकास पार्टि एकै ठाउँमा संमायोजन हुने सम्भावना भएको बताए   ।”
आचार्यका अनुसार मेयर बालेनले पनि जेन–जी अभियानसँग आबद्ध सबै समूहलाई एकजुट हुन आग्रह गरेका छन्। भेटमा सहभागी जेन–जी अगुवाहरूले सबै वैकल्पिक शक्तिहरू एउटै दल र एउटै चुनाव चिन्हबाट निर्वाचनमा गए मात्र संसदमा स्पष्ट बहुमत हासिल गर्न सकिने निष्कर्ष निकालेका थिए। सोही सुझाव बालेनसमक्ष राखिएको आचार्यले बताए।
नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले पनि वैकल्पिक शक्तिहरूबीच एकता अपरिहार्य भएको बताउँदै बालेनलाई मिलेर अघि बढ्न आग्रह गरेकी थिइन्। त्यसैगरी, जेन फोर्सका संयोजक रोहनराज दंगालले बालेनले आफू रवि लामिछाने र कुलमान घिसिङसँग समेत सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेको विषयमा ब्रिफिङ गरेको जानकारी दिए।
छलफलका क्रममा बालेनले आगामी निर्वाचनमा जेन–जी समूहबाट २५ वर्ष पूरा गरेका युवालाई उम्मेदवार बनाउने योजना रहेको समेत बताएका थिए। युवाको सक्रिय सहभागिताबाट राजनीतिमा नयाँ अध्याय सुरू गर्न सकिने विश्वास व्यक्त गरिएको थियो।
जेन–जी अगुवाहरूले पुरानो राजनीतिक संस्कारलाई तोड्दै नयाँ सोच, नयाँ नेतृत्व र वैकल्पिक राजनीतिक धार निर्माण गर्न यो पहल ऐतिहासिक बन्न सक्ने बताएका छन्। उनीहरूका अनुसार यो भेट  छलफल मात्र नभई भावी राजनीतिक सहकार्यतर्फको महत्वपूर्ण संकेत हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?