ट्रेंडिंग:

>> मेयर बालेनले रक्षाको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे >> १७ वर्षमा ४७ लाखभन्दा बढीले अवलोकन गरे नारायणहिटी सङ्ग्रहालय >> त्रिवि ५१ औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित >> रवि लामिछाने र बालेन शाहबिच फेरि भेटवार्ता हुने >> रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ- समयले बताउला >> स्वास्थ्य कार्यालयको स्पष्टिकरण : मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन >> बालेनसँगको भेटपश्चात् रवि लामिछानेको प्रतिप्रश्न : मेरो अनुहारले के भन्छ ? >> भारतको कर्नाटकमा बस दुर्घटना, कम्तीमा ११ जनाको मृत्यु >> रवि–बालेनको छलफलमा अमरेश कुमार सिंह पनि सहभागी >> प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनको तयारी : प्रधानमन्त्री >> सरकारले वातावरण बनाए निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली >> भित्र रवि र बालेन छलफलमा, बाहिर सुदन गुरुङले गेटमा लगाए ताला >> लगातार ३ दिन उच्च कीर्तिमान बनाएको सुनको भाउमा आज सामान्य गिरावट >> २० वर्षीया महिला बुटवलबाट सम्पर्कबिहीन, खोजीका लागि परिवारको अपिल >> कालीगण्डकीका नागरिकलाई उद्यमी बनाउन च्याउ खेती तालिम >> विप्लवको आग्रह- सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ >> सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति >> अस्पताल र स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट हस्तान्तरण     >> शितलहरबाट बच्न सावधानी अपनाऔँ  >> खच्चरमा पानी बोकाएर टङ्की निर्माण >> भैरव मन्दिरमा आर्थिक अनियमितताको गन्ध  >> निजी विद्यालय सामुदायिकमा समायोजन >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने >> आज क्रिसमस डे, देशैभर सार्वजनिक बिदा >> ओलीका तीन सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने >> रेडियो मुक्तिको १६ औं बार्षिक साधारण सभा सम्पन्न >> प्रधानमन्त्रीको उम्मेदवार बनाउन रवि सहमत नभएपछि आफ्नै पार्टी हाँक्ने तयारीमा बालेन >> ६० सांसदलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सामेल गराउन अनुमति >> आगन्तुक चराले सजिएको बढैयाताल >> दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अंगालो >> गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ >> कांग्रेस बैठकमा नेताहरूले दिए लेखकलाई बयानका लागि जान सुझाव >> ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने >> सुशीला कार्कीको सरकार भङ्ग गर्न विप्लवको १० दिने ‘अल्टिमेटम’ >> नेप्से १.३७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोड >> बर्दघाटमा किसानलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा   >> तासमा चिप जडान गर्ने ७ व्यक्ति पक्राउ >> चिसोका कारण बुटवलका विद्यालय ३ दिन बन्द >> यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन् >> सम्पत्ति विवरण बुझाइयो, सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले ढिला गर्‍यो >> कपिलवस्तुमा ट्रकले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु >> उज्यालो नेपाल र सर्वोदय पार्टीले गरे चुनावी एकता घोषणा >> राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो >> ठमेलमा युवक हत्या गर्ने नख्खु कारागारका फरार कैदी रोल्पाबाट पक्राउ >> कांग्रेस नेता शेखर कोइरालालाई रवीन्द्र मिश्रको ९ बुँदे खुला पत्र >> सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो >> कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल >> रिडी–वामीटक्सार सडकका पुल : बजेट अभावले निर्माण सुस्त >> ठुलो परिमाणमा लागू औषध प्रहरीको नियन्त्रणमा >> राजनीतिक मृत्यु र सिद्धान्त सिद्धिएका दलहरू !

स्वास्थ्य कार्यालयको स्पष्टिकरण : मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन

१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सुर्खेत ।

सामाजिक सञ्जालमा हालै मुगुको छायानाथ रारा नगरपालिका-१ मा भाइरल इन्फ्लुएन्जाका कारण पाँच जनाको मृत्यु भएको भन्दै पोस्टहरू भाइरल भएका छन् । राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले समेत यस्तो दाबी गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

एमाले केन्द्रीय सदस्य तथा कर्णालीका पूर्व सांसद सुशील थापाले पनि आफ्नो पोस्टमा भाइरल इन्फ्लुएन्जाका कारण पाँच जनाको मृत्यु भएको दाबी गरेका छन् । तर स्वास्थ्य सेवा कार्यालय, मुगुले यो सूचना निराधार रहेको बताएको छ । बिहीबार स्वास्थ्य सेवा कार्यालयले जारी गरेको विज्ञप्तिमा भ्रामक सूचनाप्रति ध्यानाकर्षण गर्दै खण्डन गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालय, मुगुका प्रमुख निर्मल नगरकोटीले रातोपाटीसँग भने, ‘मौसमी भाइरल ज्वरो तथा इन्फ्लुएन्जाका बिरामीहरूको संख्या बढेको सत्य हो । ओपीडीमा आउने करिब ५० प्रतिशत बिरामीमा भाइरल ज्वरो, रुघाखोकी तथा फ्लुका लक्षण देखिएका छन्, जसले विशेषगरी बालबालिका र वृद्धवृद्धालाई बढी असर गरेको छ ।’

दम भएका केही बिरामीको अवस्था बिग्रिएको र केही बालबालिकामा निमोनिया तथा अक्सिजन स्याचुरेसन घटेको कारण अस्पतालमा भर्ना गरिएको भए पनि अहिलेसम्म भाइरल इन्फ्लुएन्जाका कारण कसैको मृत्यु भएको पुष्टि नभएको उनले बताए ।

दीर्घरोग र अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको घटनालाई भाइरल इन्फ्लुएन्जासँग जोडेर भ्रम फैलाइएको उनले बताए ।

भाइरल इन्फ्लुएन्जाका कारण मृत्यु भएको भनिएको क्षेत्रमा स्वास्थ्य सेवा कार्यालय, मुगुको चिकित्सक टोलीले ३२८ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षणमा केहीमा फ्लु तथा भाइरल ज्वरोका लक्षण देखिए पनि कुनै गम्भीर अवस्था वा अस्पताल भर्ना गर्नुपर्ने स्थिति देखिएको थिएन ।

कार्मारोङ गाउँपालिकाको अनुरोधमा स्वास्थ्य सेवा कार्यालय, मुगुको टोलीले इन्फ्लुएन्जा जस्ता लक्षण भएका व्यक्तिहरूका लागि विभिन्न वडामा स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो । छायलामा ५२ जना, माङग्रीमा ९० जना, महमा २१० जना र पापुमा ८८ जनाले सेवा लिएका छन् ।

सबै बिरामीको स्वास्थ्य परीक्षण, प्रयोगशाला जाँच तथा औषधि वितरण गरिएको थियो, तर हालसम्म कुनै पनि बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था देखिएको छैन ।

स्वास्थ्य सेवा कार्यालय, मुगुले आम नागरिकलाई भ्रामक सूचनाबाट भ्रमित नहुन, स्वास्थ्यसम्बन्धी जानकारीका लागि आधिकारिक स्रोतलाई प्राथमिकता दिन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?