ट्रेंडिंग:

>> केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार >> विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा >> प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा >> मेयर बालेनले रक्षाको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे >> १७ वर्षमा ४७ लाखभन्दा बढीले अवलोकन गरे नारायणहिटी सङ्ग्रहालय >> त्रिवि ५१ औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित >> रवि लामिछाने र बालेन शाहबिच फेरि भेटवार्ता हुने >> रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ- समयले बताउला >> स्वास्थ्य कार्यालयको स्पष्टिकरण : मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन >> बालेनसँगको भेटपश्चात् रवि लामिछानेको प्रतिप्रश्न : मेरो अनुहारले के भन्छ ? >> भारतको कर्नाटकमा बस दुर्घटना, कम्तीमा ११ जनाको मृत्यु >> रवि–बालेनको छलफलमा अमरेश कुमार सिंह पनि सहभागी >> प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनको तयारी : प्रधानमन्त्री >> सरकारले वातावरण बनाए निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली >> भित्र रवि र बालेन छलफलमा, बाहिर सुदन गुरुङले गेटमा लगाए ताला >> लगातार ३ दिन उच्च कीर्तिमान बनाएको सुनको भाउमा आज सामान्य गिरावट >> २० वर्षीया महिला बुटवलबाट सम्पर्कबिहीन, खोजीका लागि परिवारको अपिल >> कालीगण्डकीका नागरिकलाई उद्यमी बनाउन च्याउ खेती तालिम >> विप्लवको आग्रह- सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ >> सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति >> अस्पताल र स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट हस्तान्तरण     >> शितलहरबाट बच्न सावधानी अपनाऔँ  >> खच्चरमा पानी बोकाएर टङ्की निर्माण >> भैरव मन्दिरमा आर्थिक अनियमितताको गन्ध  >> निजी विद्यालय सामुदायिकमा समायोजन >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने >> आज क्रिसमस डे, देशैभर सार्वजनिक बिदा >> ओलीका तीन सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने >> रेडियो मुक्तिको १६ औं बार्षिक साधारण सभा सम्पन्न >> प्रधानमन्त्रीको उम्मेदवार बनाउन रवि सहमत नभएपछि आफ्नै पार्टी हाँक्ने तयारीमा बालेन >> ६० सांसदलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सामेल गराउन अनुमति >> आगन्तुक चराले सजिएको बढैयाताल >> दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अंगालो >> गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ >> कांग्रेस बैठकमा नेताहरूले दिए लेखकलाई बयानका लागि जान सुझाव >> ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने >> सुशीला कार्कीको सरकार भङ्ग गर्न विप्लवको १० दिने ‘अल्टिमेटम’ >> नेप्से १.३७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोड >> बर्दघाटमा किसानलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा   >> तासमा चिप जडान गर्ने ७ व्यक्ति पक्राउ >> चिसोका कारण बुटवलका विद्यालय ३ दिन बन्द >> यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन् >> सम्पत्ति विवरण बुझाइयो, सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले ढिला गर्‍यो >> कपिलवस्तुमा ट्रकले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु >> उज्यालो नेपाल र सर्वोदय पार्टीले गरे चुनावी एकता घोषणा >> राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो >> ठमेलमा युवक हत्या गर्ने नख्खु कारागारका फरार कैदी रोल्पाबाट पक्राउ >> कांग्रेस नेता शेखर कोइरालालाई रवीन्द्र मिश्रको ९ बुँदे खुला पत्र >> सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो >> कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल

त्रिवि ५१ औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित

१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन् । दशरथ रंगशालामा आज (बिहीबार) भएको ५१औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन् ।

त्रिविबाट यसै सत्रमा स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिता जनाउन निवेदन दिएका थिए ।

त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका २ हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार विजेता जापानका आकाताकी काजिताको प्रमुख आतिथ्यतामा भएको समारोहमा विभिन्न सङ्काय तथा तहका परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रले पदक प्राप्त गरेका छन् ।

दीक्षान्त समारोहमा त्रिवि कुलपति एवम् प्रधानमन्त्री सुशीला कार्कीले शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर गरेको बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले असर पारेको बुझेर नै केही ठोस पहल थालेको छौँ । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको छ । यस विषयमा गम्भीर परामर्श र गृहकार्य भईरहेको छ ।”

प्रधानमन्त्री कार्कीले विश्वविद्यालयले शैक्षिक क्रियाकलापमा प्रविधिको प्रयोग, अनुसन्धान गुणस्तर र वैश्विक पहुँच वृद्धि गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अझै अब्बल साबित गर्न आवश्यक भएको पनि बताइन् ।

उनले थपिन्, “धेरै विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयको ठूलो संरचना र आकारले मात्र गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षा सुनिश्चित गर्दैन । प्राध्यापक–विद्यार्थीको सही अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा र उच्च गुणस्तरका अनुसन्धान सामग्री प्रकाशनमा प्राध्यापक, विद्यार्थी तथा व्यवस्थापन सबै पक्ष थप सक्रिय हुन जरुरी छ ।”

समारोहमा विश्वविद्यालयका सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दीक्षित विद्यार्थीहरूलाई आफ्नो प्राप्त ज्ञान र प्रविधिलाई चेतना, विश्वास, सद्भाव र समृद्धिसँग जोडेर अर्थतन्त्र विकासको माध्यम बनाउन र पछौटेपन, अशिक्षा र गरिबी विरुद्धको औजारको रूपमा प्रयोग गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?