ट्रेंडिंग:

>> सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति >> अस्पताल र स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट हस्तान्तरण     >> शितलहरबाट बच्न सावधानी अपनाऔँ  >> खच्चरमा पानी बोकाएर टङ्की निर्माण >> भैरव मन्दिरमा आर्थिक अनियमितताको गन्ध  >> निजी विद्यालय सामुदायिकमा समायोजन >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने >> आज क्रिसमस डे, देशैभर सार्वजनिक बिदा >> ओलीका तीन सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने >> रेडियो मुक्तिको १६ औं बार्षिक साधारण सभा सम्पन्न >> प्रधानमन्त्रीको उम्मेदवार बनाउन रवि सहमत नभएपछि आफ्नै पार्टी हाँक्ने तयारीमा बालेन >> ६० सांसदलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सामेल गराउन अनुमति >> आगन्तुक चराले सजिएको बढैयाताल >> दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अंगालो >> गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ >> कांग्रेस बैठकमा नेताहरूले दिए लेखकलाई बयानका लागि जान सुझाव >> ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने >> सुशीला कार्कीको सरकार भङ्ग गर्न विप्लवको १० दिने ‘अल्टिमेटम’ >> नेप्से १.३७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोड >> बर्दघाटमा किसानलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा   >> तासमा चिप जडान गर्ने ७ व्यक्ति पक्राउ >> चिसोका कारण बुटवलका विद्यालय ३ दिन बन्द >> यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन् >> सम्पत्ति विवरण बुझाइयो, सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले ढिला गर्‍यो >> कपिलवस्तुमा ट्रकले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु >> उज्यालो नेपाल र सर्वोदय पार्टीले गरे चुनावी एकता घोषणा >> राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो >> ठमेलमा युवक हत्या गर्ने नख्खु कारागारका फरार कैदी रोल्पाबाट पक्राउ >> कांग्रेस नेता शेखर कोइरालालाई रवीन्द्र मिश्रको ९ बुँदे खुला पत्र >> सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो >> कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल >> रिडी–वामीटक्सार सडकका पुल : बजेट अभावले निर्माण सुस्त >> ठुलो परिमाणमा लागू औषध प्रहरीको नियन्त्रणमा >> राजनीतिक मृत्यु र सिद्धान्त सिद्धिएका दलहरू ! >> हत्यामा संलग्नमाथि कारबाही गर  >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु >> निर्वाचन सुरक्षा योजना तयार >> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो

खच्चरमा पानी बोकाएर टङ्की निर्माण

१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

अर्घाखाँची, १० पुस ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा अवस्थित खाँचीकोट हिल स्टेशन पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

यस स्थानबाट अन्नपूर्ण हिमशृङ्खला, धौलागिरि, माछापुच्छ्रे लगायतका हिमालहरूदेखि आसपासका गाउँ तथा खोंचका मनोरम दृश्य एकै ठाउँबाट अवलोकन गर्न सकिने भएकाले पर्यटकहरूको आकर्षण बढ्न थालेको वडा अध्यक्ष चुराबहादुर केसीले बताए ।

खाँची हिल स्टेसनमा पुग्ने पर्यटकलाई लक्षित गरी खानेपानीको टङ्की निर्माण गर्न पानी बोक्न खच्चरको प्रयोग गरिएको छ । हिल स्टेसनमा पर्याप्त पानी नभएपछि खानेपानी टङ्की निर्माण गर्न खच्चरमालाई पानी बोकाएर खानेपानी टङ्की निर्माण गर्न सुरु गरिएको छ ।

पञ्चासेमा मुल रहेको खानेपानी त्यो भन्दा माथि रहेको खाँची हिल स्टेसनमा पुराउन लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको २० लाख रुपैयाँको बजेटमा लिफ्टिङ विधिबाट खानेपानीको योजना सञ्चालन गरिएको वडा अध्यक्ष केसीले जानकारी दिनुभयो ।

मोटर बाटो नपुगेको स्थानमा खानेपानी टङ्की निर्माण गर्न दैनिक ७ वटा खच्चरले पानी बोकेर निर्माणको काम भइरहेको छ । डोल्पाबाट हिँडेका ७ वटा खच्चर जाजरकोट, रुकुम पश्चिम, रोल्पा, प्युठान हुँदै अर्घाखाँचीको हिल स्टेसनमा आउन १५ दिन लागेको हो ।

पञ्चासेमा मुल रहेको र सो स्थानबाट टङ्की निर्माण हुन थालेको छोर्लेकमा ७ वटा खच्चरले दैनिक ५ पटक पानी लैजान्छन् । एउटा खच्चरले एक पटकमा ७० लिटर लैजाने गर्दछ । एक वटा खच्चरको दैनिक ५ हजार रुपैयाँमा पानी बोकाएर खानेपानी टङ्की निर्माणको काम भइरहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष डुकबहादुर खत्रीले बताएका छन् ।

यसरी पानी बोकाउँदा झन्डै एक लिटर पानीको १० रुपैयाँ पर्ने गरेको छ । खाँचीकोट क्षेत्र पुरानो ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको स्थानसमेत मानिन्छ । हिल स्टेसनसम्म पुग्न सहज बन्दै जाँदा अर्घाखाँचीको नयाँ पर्यटकीय गन्तव्यको रूपमा यसको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

सन्धिखर्क नगरपालिका, लुम्बिनी प्रदेश सरकार र पर्यटनसँग सम्बन्धित निकायले खाँचीकोटलाई व्यवस्थित रूपमा विकास गर्न योजना अघि सारिरहेका छन् । पर्यटन विकाससँगै रोजगारी वृद्धि र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास नगरपालिकाले गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । सुपा देउरालीमा आएका पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण भइरहेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र सांस्कृतिक सम्पदा एकै ठाउँमा समेटिएको खाँचीकोट आगामी दिनमा अर्घाखाँची जिल्लाको पहिचान बन्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?