ट्रेंडिंग:

>> सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति >> अस्पताल र स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट हस्तान्तरण     >> शितलहरबाट बच्न सावधानी अपनाऔँ  >> खच्चरमा पानी बोकाएर टङ्की निर्माण >> भैरव मन्दिरमा आर्थिक अनियमितताको गन्ध  >> निजी विद्यालय सामुदायिकमा समायोजन >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने >> आज क्रिसमस डे, देशैभर सार्वजनिक बिदा >> ओलीका तीन सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने >> रेडियो मुक्तिको १६ औं बार्षिक साधारण सभा सम्पन्न >> प्रधानमन्त्रीको उम्मेदवार बनाउन रवि सहमत नभएपछि आफ्नै पार्टी हाँक्ने तयारीमा बालेन >> ६० सांसदलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सामेल गराउन अनुमति >> आगन्तुक चराले सजिएको बढैयाताल >> दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अंगालो >> गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ >> कांग्रेस बैठकमा नेताहरूले दिए लेखकलाई बयानका लागि जान सुझाव >> ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने >> सुशीला कार्कीको सरकार भङ्ग गर्न विप्लवको १० दिने ‘अल्टिमेटम’ >> नेप्से १.३७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोड >> बर्दघाटमा किसानलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा   >> तासमा चिप जडान गर्ने ७ व्यक्ति पक्राउ >> चिसोका कारण बुटवलका विद्यालय ३ दिन बन्द >> यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन् >> सम्पत्ति विवरण बुझाइयो, सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले ढिला गर्‍यो >> कपिलवस्तुमा ट्रकले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु >> उज्यालो नेपाल र सर्वोदय पार्टीले गरे चुनावी एकता घोषणा >> राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो >> ठमेलमा युवक हत्या गर्ने नख्खु कारागारका फरार कैदी रोल्पाबाट पक्राउ >> कांग्रेस नेता शेखर कोइरालालाई रवीन्द्र मिश्रको ९ बुँदे खुला पत्र >> सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो >> कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल >> रिडी–वामीटक्सार सडकका पुल : बजेट अभावले निर्माण सुस्त >> ठुलो परिमाणमा लागू औषध प्रहरीको नियन्त्रणमा >> राजनीतिक मृत्यु र सिद्धान्त सिद्धिएका दलहरू ! >> हत्यामा संलग्नमाथि कारबाही गर  >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु >> निर्वाचन सुरक्षा योजना तयार >> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो

भैरव मन्दिरमा आर्थिक अनियमितताको गन्ध 

१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

पाल्पा, १० पुस । 

धार्मिक दृष्टिकोणबाट अत्यन्तै महत्त्वका साथ लिइएको रिब्दीकोट गाउँपालिकामा पर्ने ऐतिहासिक भैरव मन्दिर आर्थिक अनियमिततासँगै राजनैतिक खिचातानीमा बल्झिन पुगेको छ ।

स्थानीय सरकारसँगै केही राजनैतिक दलका कारण विगत ६ महिनादेखि नेतृत्व विहीन भएका कारण आर्थिक क्षेत्रमा यतिखेर व्यापार रूपमा प्रश्न उठ्न लागेको स्थानीयहरू बताउँछन् । स्थानीय सरकारको सङ्घीय कानुनसँग बाझिने गरी मठमन्दिर संरक्षणका लागि ऐन ल्याई मौजुदा व्यवस्थापन समिति विघटन गरी नयाँ नेतृत्वको चयन पछिको समयमा मन्दिरमा दर्शनार्थीद्वारा अर्पण गरेको भेटी माथि नै प्रश्न उठ्ने गरी आर्थिक अनियमितता भएको हो ।

स्थानीय सरकारले स्थानीय दिलीप रायमाझीको नेतृत्वमा गठित समितिमाथि सम्मानित अदालतले कानुन सम्मत नभएको भन्दै नयाँ नेतृत्व माथि प्रश्न उठाउँदै बदर गरी दिएपछि व्यवस्थापन समिति विहीन भए पनि दैनिक प्रशासनिक कार्य गर्दै आएको थियो ।

मन्दिरमा दर्शनार्थी बाट पाँच देखि २० हजार रुपैयाँ दैनिक जम्मा हुने गरेको र सङ्कलित रकम बैङ्क खातामा जम्मा नगरी आफूखुसी खर्च गरेका कारण बदमासी भएको पूर्व समितिका एक सदस्यले बताए ।  मन्दिरमा दर्शनका लागि आएका दर्शनार्थीले नगद सँगै जिन्सी पनि चढाउने गर्दछन् । त्यसै गरी यहाँ बली चढाए पछि टाउको बिक्री गर्ने परम्परा रहेको छ ।

त्यसको रकम देखि अन्य सङ्कलित रकम बैङ्कमा जम्मा नगरी व्यवस्थापक देखि स्थानीय सरकारद्वारा गठित समितिले आफूखुसी खर्च गरेको प्रकरण नै अहिलेको मुख्य मुद्दा भएको अदालतद्वारा वाहाली भएका अध्यक्ष गोबिन्द पोखरेल बताउँछन् ।

धार्मिक संस्था माथि स्वार्थ बाझिँदा समस्या भयो । मन्दिर दोहन गरी कमाइ खाने मुख्य माध्यम बन्दा स्थानीय सरकारको संरक्षण हुनु अत्यन्तै लज्जा बोधकको विषय बन्यो । छानबिन गर्न पनि स्थानीय सरकारका प्रमुख देखि वडा अध्यक्ष सम्म बाधक भएको स्थानीयहरूको भनाइ रहेको छ । पुरानो समितिको पदावधि सकियो ।

नयाँ समिति गठन गर्नुको सट्टामा पुरानै अध्यक्ष माथि स्थानीय सरकारको प्रमुखको अडानका कारण सर्व सम्मत रूपमा नेतृत्व चयन हुन नसकेको स्थानीय कमल पौडेल बताउँछन् । दलीय र व्यक्तिको स्वार्थका कारण अध्यक्ष पदका लागि कृष्ण नेपाल, दिलीप रायमाझी विरेन्द्र मिधुन र गोविन्द पोखरेलले अध्यक्षको लागि घोषणा गरेका छन् ।

सचिवका लागि मधु सुदन अधिकारी माधव ढकाल, धिरेन्द्र प्रधान र ओम बहादुर रानाले उमेद्वारी घोषणा गरेका छन् ।

कोषाध्यक्षका लागि विष्णु प्रसाद खनाल, शिव पोखरेलले उमेदवारी घोषणा गरेका छन् । पुरानो हिसाब अहिले सम्म समितिबाट अनुमोदन नभएको र पुरानो हिसाब नखोज्ने सर्तमा गोविन्द पोखरेललाई अध्यक्ष स्वीकार गर्ने जनप्रतिनिधिको धनाई बाहिरिए पछि थप रहस्यमय बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?