© २०२३
काठमाडौँ ।
दिनभरजसो राजनीतिक भेटघाट गरेका काठमाडौँ महानगरका मेयर बालेन शाह ललितपुरको कुपण्डोलस्थित घरबाट निस्किएका छन्।
उनले आज दिनभर आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट गरेका थिए। बिहान ७ बजे कुलमान घिसिङसँगको भेटबाट राजनीतिक संवाद थालेका उनले अन्तिममा जेनजी प्रतिनिधिहरुसँग छलफल गरेर निस्किएका हुन्।