ट्रेंडिंग:

>> सुशीला कार्कीको सरकार भङ्ग गर्न विप्लवको १० दिने ‘अल्टिमेटम’ >> नेप्से १.३७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोड >> बर्दघाटमा किसानलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा   >> तासमा चिप जडान गर्ने ७ व्यक्ति पक्राउ >> चिसोका कारण बुटवलका विद्यालय ३ दिन बन्द >> यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन् >> सम्पत्ति विवरण बुझाइयो, सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले ढिला गर्‍यो >> कपिलवस्तुमा ट्रकले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु >> उज्यालो नेपाल र सर्वोदय पार्टीले गरे चुनावी एकता घोषणा >> राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो >> ठमेलमा युवक हत्या गर्ने नख्खु कारागारका फरार कैदी रोल्पाबाट पक्राउ >> कांग्रेस नेता शेखर कोइरालालाई रवीन्द्र मिश्रको ९ बुँदे खुला पत्र >> सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो >> कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल >> रिडी–वामीटक्सार सडकका पुल : बजेट अभावले निर्माण सुस्त >> ठुलो परिमाणमा लागू औषध प्रहरीको नियन्त्रणमा >> राजनीतिक मृत्यु र सिद्धान्त सिद्धिएका दलहरू ! >> हत्यामा संलग्नमाथि कारबाही गर  >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु >> निर्वाचन सुरक्षा योजना तयार >> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने

राजनीतिक मृत्यु र सिद्धान्त सिद्धिएका दलहरू !

९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अमेरिकी आलोचक मिल्लर सेन्टरले ‘डेथ अफ पोलिटिक्स’ पुस्तक लेखे जो हामी पनि अनुभूत गर्दैछौं ।

जब राजनीतिक रूपमा पार्टीको आत्मा सिद्धान्त तथा बैचारिक दर्शनको मरण हुन्छ र पार्टीको जीवन जीवित ढंगले चल्दैन, तब राजनीतिक मृत्यु हुन्छ । काँग्रेस, कम्युनिष्ट र अन्य सबै दलहरूले अब लगभग मलामीको चिन्ता गर्नुपर्ने भएको छ । बिगतदेखि नै पार्टीले सत्ता र सरकार चलाएन बरु सत्ता र सरकारले पार्टी चलाउने ग¥यो ।

सैद्धान्तिक बैचारिक नीति होइन गुट, उपगुट र ब्यक्तिगत नीति हावी हुंदै आयो । पार्टीको जबज, भातृ संगठन र अंग प्रत्यंगहरू अराजकताको असिमिततामा जकडिंदै आएका छन् । हरेक नेतृत्वमै अलमलसहित पार्टी जोड्ने र जीवन दिने मुख्य कडी बिचार नै दिशाहिन भएर द्वन्द्वको भुमरीमा फस्दै आएको छ । तत्कालिन नेकपाको नेतृत्वको दुई तिहाई बहुमतको सरकारले जे काम पनि गर्न सक्दथ्यो । तर, आफै आन्तरिक द्वन्द्वले डामाडोल भयो ।

राज्यभित्रको अशान्ति, कुशासन, बेथिति, हिंसा, अराजकता आदिको पराकाष्ठा माथि आपसी कलहको आरोप प्रत्यारोपले प्रधानता पाईरहेको कारण त्यो फजुल सत्ता, सरकार, पद, कुर्ची, आयआर्जन वा ब्यक्तिगत चरम स्वार्थले ध्वंस भयो । माके र एमाले खास एक भएर जुट्नै नपाई विवादै विवादबीच पार्टी फुट्यो र त्यो एकता मात्रै होइन, नेकपा पार्टी नै जिउँदो रहेन, म¥यो ? डा. बाबुरामको नयाँ शक्ति पार्टी लगायत थुप्र्रै पार्टी म¥यो ।

अहिले फेरि नयाँ नयाँ छदमभेसी रूपमा जन्म लिंदैछन् । तर जे जे नौटंकी गरे पनि र रूप– बिरूप धारण गरेर भौतिक उपस्थिति देखाएपनि वा देखाउन खोजेपनि ती सबै दलका राजनीतिक सार मरिसकेको छ । मृत्यु भैसकेको छ । अमेरिकी विचारक तथा समालोचक स्यामुअल पी हन्टिङटनले पोष्ट कोल्ड वारदेखिको विश्वमा चलेको द्वन्द्व राजनीतिक द्वन्द्व नभएर सभ्यताको द्वन्द्व तिर गएको छ भनेका छन् ।

राष्ट्रहरूबीचको द्वन्द्वात्मक भिन्नता, विचार, राजनीति र राजनीतिक अर्थतन्त्रको आधारमा होइन संस्कृति र सभ्यताको आधारमा हुने भयो भनेका थिए । हन्टिङटनको अनुसार संस्कृति र सभ्यताले बृहत सान्दर्भिक अर्थ समेटेको छ । यद्यपि मान्छेमा उत्पन्न कुभावना, पद, पैसा र पावरको लडाई पनि एक खालको संस्कृतिमा राख्न सकिन्छ । मानिसले आफूलाई व्याख्या गर्ने र चिनाउने पुख्र्यौली, धर्म, भाषा, इतिहास, मूल्य, मान्यता, रीतिरिवाज, जात–जाति, जनजाति लगायत संस्थागत र अन्य सभ्यतागत आधारमा हो भन्ने उनको भनाइ अबको विश्वमा सार्थक बन्दै गएको देखिन्छ ।

नेपालमै पनि राजनीतिक द्वन्द्व आ–आफ्नो पार्टीहरूका दार्शनिक–वैचारिक सिद्धान्तको आधारमा हुनुपर्नेमा अब राजनीतिक सैद्धान्तिक द्वन्द्वले ठाउँ छाड्दै गएको देखिन्छ । अब त्यसको ठाउँ हन्टिङटनले उठाएका यिनै माथि उल्लिखित आधारमा अकुपाइ हुँदै गएको छ । संस्कृति यस्तो हो जो विभाजित र एकीकरण गर्न भूमिका खेल्दो रहेछ । अब हरेक पार्टीमा सिद्धान्तको कुरा प्रधान नभई गौण भएको देखिन्छ ।

पार्टी वा राजनीतिक दल जसको पहिचान सिद्धान्त, विचार र दर्शनले हुनुपर्नेमा त्यो हराउँदै गएको अवस्था छ । राजनीतिक सिद्धान्तको नामधारी दल भएपनि गैर राजनीतिक संगठनको काम हुन थालेको छ । त्यतिबेला नेकपाले शान्ति, सुशासन, विकास, सम्वृद्धि, अमनचयन आदिको लागि राजनीतिक स्थायित्व त्यसको निम्ति स्थायी सरकार र त्यसको निम्ति दुई तिहाई बहुमत मागे अनुरूप जनताले दिएकै हुन । तब त्यो सबै कुरा जनताता र मुलुकलाई दिनुपर्ने हो कि होईन ? उसको सरकार सहितको नेकपामा विवाद विचारको, सिद्धान्तको पार्टी नीतिमा घोषणापत्र आदि कार्यान्वयनमा दुई लाइन संघर्षको हुनुपर्ने थियो ।

पार्टीलाई कसरी उत्तरदायी र जनमुखी तथा जनवादी बनाउने भन्नेमा होडबाजीको संघर्ष हुनुपर्ने थियो । जनगणतन्त्रलाई कसरी सार्थक तुल्याउनेमा उच्चतम मार्ग दिनमा हुनुपर्ने हो । हिजो एमाले लगायतले गरेको राष्टघात कसरी सच्याउने र नेपाली काँग्रेसलगायतले जनतालाई दिन नसकेको विकल्प कसरी दिने भन्ने सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने थियो । एक्काइसौं शताब्दीको जनवादलाई परिस्कृत बनाउन कस्तो उत्तम विचार तथा योजना बन्नेमा हुनुपर्ने थियो ।

सुखी र सम्मृद्ध बनाउदै समाजवादी लक्षमा पु¥याउन दुई लाईन संघर्ष चल्नुको सट्टा फगत स्वार्थको लडाई, प्रधानमन्त्री बन्न, मन्त्री बन्न, अध्यक्ष त कि म अहमता देखाउन, पदाधिकारीको हानाथापमा, आ–आफ्नो गुट बलियो बनाउन र ब्यक्तिवादी हैकम चलाउन सिद्धान्त र विचारलाई स्वार्थ, शक्ति, आवेग र बेइमानीले पुरेर भएको द्वन्द्व राजनीतिक मृत्यु सिवाय केहि थिएन । ज्ञान र बुद्धि पीडा र वेदनाले जन्माउने हो ।

मुलुकको यतिका पीडा र पार्टीकै बिभिन्न बेलामा भोगेका पीडाबाट पनि कहिल्यै ज्ञान र बुद्धि नआउने भयो काँग्रेसमा जस्तै नेकपाको । केस, स्थायी, पोलिटब्युरो, सचिबालय आदि समिति के का लागि ? सिद्धान्तलाई इमान्दार र निष्ठावान ढंगले लागु गर्न कि फगत बहुमत र अल्पमतमा एक बिरुद्ध अर्कोलाई सिध्याउन ? नेकपा राष्ट्र र जनतालाई न्याय दिने मजबुत स्थानमा पुगेका र रहेका बेला आ– आफै सिद्धिए । तिनीहरूबीचको द्वन्द्व उनीहरूको ब्यक्तिगत (अ) सभ्यता, परम्परा, नानीमा बसेको बानी, आ– आफ्नै (कु) संस्कृति, प्रवृत्ति, (अब) गुण आदिको कारक द्वन्द्व हो ।

सिद्धान्त र राजनीतिक बिचारसँग कुनै साइनो नै होइन । विश्वमै बिचारको मृत्युको यस्ता उदाहरण देखापरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विजय राजनीतिक आधारमा भन्दापनि नश्लको आधारमा भएको देखियो । राजनीतिक रूपमा विजय हुनेहरूपनि लामो समय सत्तामा टिक्न नसक्ने वा टिकेर पनि केही गर्न नसक्ने उदाहरण नेपाल सँगसँगै विश्वमा धेरै छन्, जो बिडम्बना हो ।

विश्व राजनीति नै विनिर्माणवादको शिकार भइसकेको छ । मुस्लिमहरूमा संसारभरको संगठन अरब लिग गठन भई मुस्लिमकै रूपमा भिडेको देखिन्छ । युरोप र अमेरिकाले आधुनिकीकरणको पर्यायवाचीको रूपमा संसारभर क्रिश्चियनिट पकड जमाउन खोजेको छ । हाम्रै मुलुकमा खाँटी राजनीतिक सिद्धान्तको चासो घटिरहेको छ । विभिन्न ढङ्गले पहिचानको संघ–संगठनहरू खडा हुँदै गएका छन् ।

जाति, जनजाति, भाषाभाषी, आदिवासी, दलित, पेसागत र तेस्रो लिङ्गीको एकतात्मक संगठन हामी देखिरहेका छौं । अब त जेन जी जस्तो गैर राजनीतिक शक्ति समेत खडा भएको छ । ती सबैमा पहिचान प्रधान र राजनीति गौण भेटिन्छ । नेपालमा उपलब्ध धेरै दलहरू छन् । ती मध्ये कैयौं दलहरूको राजनीतिक दर्शन, सिद्धान्त र विचारको आधार छैन । त्यही खुद्राखाद्री मिस्सिलेनस् सभ्यता, स्वार्थ, प्रतिष्ठा र पहिचानको आधार नै पार्टी संगठनको आधार भएको छ । त्यही राजनीतिक सैद्धान्तिक आधारहीनताकै कारण क्षेत्रीय पार्टीहरू खुलेका हुन् । मधेशवादी दलहरू त्यसैको उपज हो ।

मधेशको नाममा व्यक्तिगत वा समूहमा राज्यसँग वार्गेनिङ गरी स्वार्थ लुट्ने, सरकारमा जाने, धन–सम्पत्ति कमाउने र तथाकथित हाईप्रोफाइल देखाउने र मधेशी जनताको सम्मान लिने उद्देश्य देखिन्छ । यदि पक्कैपनि मधेशकै निम्ति थियो भने एउटै मधेशको नाममा दर्जनौं पार्टी किन खोल्नुपथ्र्यो ? अलि बोलबाला रहेका व्यक्तिपिच्छे पार्टी दर्ता किन गर्नुपथ्र्यो ?

केही न केही भनेपनि सिद्धान्तको नामले चलेका राजनीतिक दल एमाले, काँग्रेस र माओवादी केन्द्रकै दलबाट छुट्टिएर किन आ–आफ्नै रूप, स्वरूप र स्वार्थको पार्टी गठन गरे ? अहिलेका मधेशवादी दलका नेताहरू भनेका सबै ती तीन प्रमुख दलकै हिजोका नेताहरू वा कार्यकर्ताहरू हुन् । बिरालोले बच्चा सोहोरेझैँ स्वार्थलाई केन्द्रमा राखेर पार्टी वा मोर्चाको नाम सार्ने काममात्रै भएको छ । पार्टीको नाम नै व्यक्तिकरण भएको कारण सैद्धान्तिक विचलन कै असर हो ।

तमाम पार्टीहरू किन कैयौंपटक फुटे, कैयौं पटक जुटे त । नेपाली काँग्रेसजस्तो पुरानो पार्टी औपचारिक नफुटेपनि अनौपचारिक रूपमा फुटेकै सरह छ । कम्युनिष्ट पार्टीहरू त झन् सयौं चिरा छन् । कम्युनिष्ट सिद्धान्त त एउटै न हो केका लागि फुटे प्रस्टै छ । संघीय समाजवादी फोरमभित्रकै पार्टीहरू किन छिन्न भिन्न भयो? एनेकपामाओवादीबाट फुटेर गएको मोहन वैद्य नेतृत्वको पार्टी फेरि फुटेर दुई भए । त्यसबाट कोहि फेरि जुटेर तत्कालीन माओवादी केन्द्रमा आए। नेकपामै आश्चर्य रूपमा क्याम्प र गुठ परिबर्तन भएको छ आदि आदि । जसले सैद्धान्तिक द्वन्द्वको पुष्टि गर्दैन ।

राजनीतिक दर्शन तथा सैद्धान्तिक विचलनको कारण हरेक दलमा नैतिक पतन, सांस्कृतिक–राजनीतिक आत्महत्या र तितर–वितरताको समस्या प्रबल रूपमा खडा भएर गएको छ । पद, शक्ति र पैसासँग पार्टी, सिद्धान्त र संगठन साटिएको छ । सरकार गठनमा विचित्र व्यापार चल्छ । सांसदहरू खरिद–बिक्री हुन्छन्, करोडौंको मूल्यमा किनिन्छन्–बेचिन्छन् । जसले गर्दा विपक्षी दलकालाई प्रधानमन्त्री, मन्त्रीबनाउँछन् ।

स्वार्थको पराकाष्ठाले पार्टी नै बदल्छन् । सिद्धान्तलाई गोलीमार्छन् र अन्ततःजातिको नाममा, क्षेत्रको नाममा, लिगको नाममा, पेसाको नाममा वा आर्थिक लोभमा आफ्नो पार्टी र सिद्धान्तकै खिलाफमा उत्रन्छन् । तत्कालको स्थानीय निर्वाचनमै देखियो विभिन्न दलहरूकाबीच चुनावी तालमेल वा गठनबन्धन । प्राकृतिक र स्वाभाविक भन्दापनि अप्राकृतिक र अस्वाभाविक गठबन्धनले राजनीतिक सिद्धान्तको धज्जीउडाएको छ ।

काँग्रेस र माओवादी केन्द्र, एमाले र राप्रपा अर्थात् अन्य–अन्य जसकाबीच कुनै रङ्ग, आकार–प्रकार, गुण केही मिल्दैन तैपनि सत्ता, स्वाथर्, (अ)सभ्यता आदिको द्वन्द्वको उपज जबर्जस्ती तालमेल गरिए । कुर्चीको ¥याल चुहिएको, आपूmलाई केन्द्रमा राखिएको र सत्ताको बलमत्ताबन्ने तृष्णाजागेको उजागर भयो ।

जनताको इच्छा, आकाङ्क्षालाई कुठाराघात गरेरै भएपनि आ–आफ्नो इच्छा, आकाङ्क्षा परिपूर्ति गरिछाडे । पार्टी तथा पार्टीका नेतामा यस्तो द्वन्द्व हुनु सैद्धान्तिक बैचारिक मृत्यु र अन्य स्वार्थी पक्षहरूको जन्म नै हो । जेन जी भनिएकामा पनि कुनै राजनीतिक, बैचारिक, दार्शनिक जीवितता देखिंदैन, छैन । यस शक्तिमा त झन जन्मदै देखि राजनीति मृत्यु छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?