Butwal Today

राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो

९ पुष २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

काठमाडौँको थापाथलीस्थित राष्ट्रिय तथ्यांक कार्यालयले ठूलो संख्यामा करार सेवाका कर्मचारी माग गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै नेपाल श्रम शक्ति सर्वेक्षणका लागि देशभरका विभिन्न कार्यालयमा ८० जना कर्मचारी आवश्यक भएको जनाएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आगामी १५ दिनभित्र आवेदन दिन सक्नेछन् । काठमाडौँ, मोरङ, धनुषा, कास्की, दाङ, सुर्खेत र कैलालीस्थित तथ्यांक समन्वय कार्यालयका लागि सुपरिवेक्षक र गणक पदमा भर्ना गर्ने सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?