Butwal Today

तासमा चिप जडान गर्ने ७ व्यक्ति पक्राउ

९ पुष २०८२, बुधबार
अ+
अ-

 काठमाडौं, ९ पुस  ।

तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स’ लगाएर क्यासिनो खेल्ने/खेलाउने सात जना पक्राउ परेका छन् । यी सातजनालाई काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलनमार्फत उनीहरूको पक्राउबारे जानकारी गराएको छ । पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार, भारतबाट आएको गिरोहले क्यासिनो इभेन्ट गर्ने भन्दै स्क्याम गरेर ठगी गर्ने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?