ट्रेंडिंग:

>> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो

बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल

८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेपालगञ्ज, ८ पुस ।

आन्य दिनको तुलनामा मंगलवार अझ बढी शितलहर र बाक्लो कुहिरोका काराण नेपालगञ्ज विमानस्थल ठप्प भएको छ । शितलहर र बाक्लो कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिनभर नेपालगन्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेन । नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार मङ्गलवार बिहानैदेखि लागेको बाक्लो हुस्सु, कुहिरो र चलेको शीतलहरका कारण विमानस्थल बन्द रहँदा सबै उडान अवरुद्ध भएका हुन् ।

हुस्सु र कुहिरोका कारण ४०० देखि ६०० मिटर मात्र भिजिबिलिटी कायम रहेकाले विमानस्थल बन्द राखिएको र सोही कारण नेपालगन्जबाट पहाडी जिल्ला तथा काठमाडौंका लागि हुने कुनै पनि उडान मङ्गलवार सञ्चालन हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।

विमानस्थल टावरका अनुसार हवाई उडानका लागि आवश्यक भिजिबिलिटी नपुग्दा उडान सुरु गर्न नसकिएको हो । टावरले दिएको जानकारीअनुसार जहाज उडाउन कम्तीमा एक हजार मिटर भिजिबिलिटी आवश्यक पर्ने र जहाज अवतरणका लागि एक हजार ६०० मिटर भिजिबिलिटी हुनुपर्नेमा मङ्गलबार दिउँसो १ बजेर ५० मिनेटसम्म ६०० मिटरभन्दा बढी भिजिबिलिटी नपुगेकाले उडान सम्भव हुन नसकेको हो ।

विमानस्थल बन्द रहेकाले नेपालगन्जबाट पहाडी जिल्लाका लागि बिहान हुने सबै उडान पनि रद्द गरिएका छन् भने काठमाडौंका लागि हुने सबै उडान अवरुद्ध भएका छन् । यसअघि सोमवार पनि दिउँसो १ बजेर ३० मिनेटपछि मात्र विमानस्थल खुलेको थियो, त्यसअघि बिहानका सबै उडान अवरुद्ध भएका थिए । मंगलवार नेपालगञ्जमा एकपटकपनि घामको झुल्को देखिएको छैन ।

नेपालगन्जका लागि काठमाडौंबाट बिहान ७ बजेर २० मिनेटमा बुद्ध एअरको जहाज उड्ने नियमित तालिका भए पनि विमानस्थल बन्द रहेकाले हालसम्म पनि जहाज उड्न नसकेको बुद्ध एअर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहले जानकारी दिए ।

उनका अनुसार नेपालगन्ज विमानस्थल खुलेपछि मात्र काठमाडौंबाट जहाज उडाइने छ । हाल नेपालगन्जबाट काठमाडौंका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरलाइन्सले चार र यति एयरलाइन्सले दुई वटा नियमित उडान गर्दै आएका छन्। त्यस्तै नेपालगन्जबाट पहाडी जिल्लातर्फ पनि बिहानका समयमा बढी उडान हुने गरेका छन् । नेपालगन्जबाट हवाई उडान अवरुद्ध भएपछि काठमाडौं तथा पहाडी जिल्लातर्फ यात्रा गर्ने यात्रुहरू समस्यामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?