Butwal Today

अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु

८ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

अमेरिकाको टेक्सस राज्यमा मेक्सिकन नौसेनाको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

अमेरिकी तटरक्षक दलका अधिकारीहरूको अनुसार, मेडिकल बिरामी बोकेको मेक्सिकन नौसेना विमान सोमबार दिउँसो टेक्ससको ग्याल्भेस्टन खाडीमा खसेको हो । दुर्घटनामा २ वर्षका बालकसहित ५ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, ८ जना सवार मेक्सिकन नेभी बिचक्राफ्ट किङ एयर ३५०आई बाक्लो कुहिरोका कारण स्कोल्स अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुगेको बेलामा ग्याल्भेस्टन खाडीमा खसेको हो ।

फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रडारका अनुसार, विमान मेक्सिकोको युकाटन राज्यको मेरिडाबाट उडेको थियो । दुर्घटनामा दुई जना भने बाँच्न सफल भएका छन्, तर एक जना अझै हराइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?