© २०२३
बुटवल, ०८ पुस ।
बुटवलको औद्योगिक प्रदर्शनीमा स्थानीय साना तथा ठुला उद्योगबाट उत्पादन भएका सामग्रीहरू धेरै देख्न पाइन्छ । प्रदर्शनी प्रवेशको मुखैमा रहेको कपिलवस्तु ग्लास फाइबर इन्डस्ट्रिज छ ।
बुटवलको औद्योगिक क्षेत्रमा रहेको उद्योगले फाइवरबाट उत्पादन भएका घरायसी सर सामानहरू उत्पादन र बिक्री गर्दै आइरहेको छ । यहाँ फाइवरबाट उत्पादन भएका सरसामानहरू बिक्रीका लागि राखिएको छ ।
फाइवरबाट उत्पादन हुने साना बच्चाहरूका लागि टेबल कुर्ची, बच्चाहरूका लागि विभिन्न प्रकारका खेलौना, घरमा आवश्यक पर्ने अति आवश्यक सामानहरू तरकारी रोप्नका लागि आवश्यक पर्ने गमला घरमा सजाउने विभिन्न सामग्री, फाइवरबाट तयार गरिएको शौचालय, आधुनिक ढोका लगायतका सामानहरू प्रदर्शनमा राखिएको छ ।
त्यसै गरी प्रदर्शनीमा किन्न आउने ग्राहकका लागि प्रत्येक सामानमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इन्डस्ट्रिज कर्मचारी होमबहादुर रायमाझीले बताए । उनले यहाँ आउने धेरै जसो ग्राहकले आफ्नो स्टलमा एकै छिन अवलोकन गर्ने गरेको बताए ।
उनले यहाँ उत्पादन भएको सामानहरू अति आवश्यक पर्ने हुँदा पनि एकै छिन धेरैजसो ग्राहकहरू यहाँ रोकिने गरेको रायमाझी भनाई छ । यहाँ न्यूनतम १ हजार देखि ८ लाख सम्मका सामानहरू बिक्रीका लागि राखिएको छ ।
यसै गरी महिला उद्यमीद्वारा हातबाट बनेका सामग्रीहरूको प्रदर्शनी नामको स्टल छ । सञ्चालक रेखा थापाका अनुसार स्थानीय दिदी बहिनीहरूले फुर्सदको समयमा उत्पादन गरेको जुत्ता चप्पल, ब्यागहरू प्रदर्शनीमा बिक्रीका लागि राखिएको बताइन । उनले महिला दिदी बहिनीहरूले समयको सदुपयोगमा निर्माण गरेका सामानहरू प्रदर्शनीमा राखेको बताइन ।
महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन बुटवल उपमहानगरपालिकाले दिएको स्वरोजगार तालिमपछि तयार पारेको धेरै सामानहरूलाई आफूहरू विभिन्न स्थानमा लाग्ने मेला महोत्सवमा लगेर बिक्री गर्ने गरेको बताई ।
बुटवल प्रदर्शनीमा निःशुल्क स्टल पाउँदा व्यवसाय गर्न धेरै महिला दिदीबहिनीहरूलाई हौसला मिलेको थापाको भनाइ छ । यो प्रदर्शनीमा बुटवल आसपासमा रहेको धेरै जसो साना तथा घरेलु उद्योगका स्टलहरू धेरै देख्न पाइन्छ । त्यसमध्ये पनि महिलाहरूले सञ्चालन गरेका अचार, हस्तकलाका सामान, श्रृगारका सामग्रीहरू प्रदर्शनी देख्न सकिन्छ ।
बुटवलमा जारी १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव २०८२ मा विभिन्न प्रकारका स्टलहरू सञ्चालनमा रहेका छन् । रुपन्देही उद्योग सङ्घले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रदर्शनीमा उद्योग, कृषि, प्रविधि, हस्तकला, खाद्य वस्तु, फर्निचर तथा स्थानीय उत्पादनसँग सम्बन्धित स्टलहरूले मेलालाई आकर्षक बनाएका छन् ।
प्रदर्शनीमा स्वदेशमै उत्पादन भएका विभिन्न वस्तुका स्टलहरू विशेष आकर्षणका रूपमा रहेका छन् । त्यसमध्ये गुल्मी जिल्लाबाट ल्याइएका उत्पादनहरूले धेरैको ध्यान तानेका छन् । प्रदर्शनी स्थलमै गोरुबाट उखु पेलिएको उखुको खुदो खान र खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
गुल्मीको थोर्गाबाट ल्याइएको उखु परम्परागत तरिकाले पेलिदा दर्शकहरू उत्सुकतापूर्वक अवलोकन गरिरहेका छन् । गोरुले उखु पेल्ने दृश्य पहिलेका आकर्षण देखिन्छ । यसरी पेलिएको ताजा उखुको खुदो प्रदर्शनीमै बिक्री वितरण भइरहेको छ । खुदोसँगै सोही स्टलमा सिन्की, फापरको पिठो, कोदाको पिठो, गुल्मीको गुड लगायत पहाडी जिल्लामा उत्पादन भएका वस्तुहरू समेत राखिएका छन् ।
प्रदर्शनी स्थलभित्र नेपाली काठबाट निर्मित विभिन्न फर्निचरका सामग्रीहरू पनि छन् । घरेलु काठ प्रयोग गरी बनाइएका कुर्सी, टेबल, दराज लगायतका सामानले स्वदेशी काठ उद्योगको सम्भावना देखाएका छन्