© २०२३
लमही।
वडा प्रहरी कार्यालय लमहीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तरगंगा नगरपालिका – १२ का २६ वर्षीय सुजन परियार, वडा नम्बर – ११ का २८ वर्षीय विवेक बुढा तथा भुमे गाउँपालिका -२ का २८ वर्षीय विकास पुनमगर रहेका छन ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर शाहका अनुसार वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको साथबाट १३ ग्राम २ सय ९० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको जनाएको छ । पुस ७ गते राति करिब २ बजे लमही बसपार्क क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।